बानेश्वरमा प्रेम प्रसाद, त्रिपुरेश्वरमा गणेश नेपाली,
ठाउँ, समय र व्यक्ति फरक तर नियति एउटै,
सत्ता फरक- शोक बिल्कुल एउटै! दर्द व्यथा उस्तै, चरम निराशा उस्तै, बिटुलिएका सपनाहरु उस्तै, टुटेका भरोसाहरु उस्तै, हरेश खाएका जिन्दगीहरु उस्तै!
निशब्द!
प्रधानमन्त्रीले संसद्मा उभिएर आफ्नै देशको विरुद्धमा अभिव्यक्ति दिन्छन्, र जनता त्यसको प्रमाण जुटाउन लाग्छन्। 'राष्ट्रघात' मा शासक र जनताबीचको यस्तो 'एकता' संसारमा सायद विरलै देख्न पाइन्छ! #साभार#सामाजिक#संजालबाट
कसैले मेहनत गरेर, व्यावसाय गरेर वा उध्यम गरेर कमाएको सम्पत्तिमा प्रश्न उठाउनु हुदैन तर नेपालमा कुनै सराकारी निकायमा जागिर खानु र नियुक्ति लिनु अघि भविष्य लाई सोचेर सम्पत्ति विवरण पेश गर्ने चलन छ । येता पनि कतै पछिका लागि ग्याप त रखिएको हैन ?
नेपालीहरु पनि साह्रै भाग्यमानी ।।
पागल प्रेमीहरू लाई भ्यालेन्टाईन लाग्या छ,
देश प्रेमीहरू लाई चुनाव लाग्या छ,
खेलकुद प्रेमीहरू लाई विश्वकप लाग्या छ,
गजेडीहरु लाई शिवरात्री आउदै छ ।
ध्वंस गर्न १ दिन काफि छ तर निर्माण गर्न अब अर्को पुस्ता लाग्नेछ, देश भनेको ईटा र सिमेन्टको धरोहर मात्र होइन ईतिहासको दस्तावेज पनि हो । पुननिर्माण पनि होला तर आज हरेक नेपालीको आत्मवल, आत्मासम्मान र नेपालिपन डगमगाएको छ ....।
नेपाली जनतालाई सहकारी ठग पनि चिन्नु छ । गरिब निमुखा जनताको बचत पनि फिर्ता चाहिएको छ । ठग हरुलाई जेलमा कोचेको हेर्ने चाहना पनि सबैको छ । तर आफुले समर्थन गरेको मन्छेलाई पक्राउ गरेको, छानवीन गरेको र जेल चलान गरेको पनि हेर्नू छैन ।। दुबै हातमा लड्डु त कसरी हुन्छ र बाबै ।।।
सबै थोक पाएपछी पाएका चिजहरु ब्यर्थ लाग्दै जान्छन जिवनमा । अनि यी चिज पाउन गरेको दुख सम्झेर आफैलाइ धिकार्न मन लाग्छ । वास्तविक सुख त भौतिक सुबिधामा कहाँ हुदोरहेछ र ! मानिस पाएर पनि र नपाएर पनि बेखुशी छन यहाँ ।
क्रोधबाट भ्रम पैदा हुन्छ । भ्रमबाट बुद्धि भ्रष्ट हुन्छ । जब बुद्धि भ्रष्ट हुन्छ, तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, अनि व्यक्तिको पतन हुन्छ ।।
#श्रीमद्भागवत_गीता
दुई घर थाम्ने थाम आज बालकुमारीमा
ढले,
देशमा अवस्था भएन बिदेश कमाउन जान्छु भन्दा ढले,
नालायक सरकारको अदुरदर्शिता र अकर्मण्यताले ढले,
उड्ने सपना भुइँमानै सिमित भए,
बुवाआमाका सपना सपनामै सिमित भए,
यी दृश्य झुठो भैदिए नि हुने,
देशमै रोजगार सिर्जना भैदिए नि हुने,
#हार्दिकश्रद्धाञ्जली
शालिन नेता संबिधानसभाका अध्यक्ष, पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङ को असामयिक निधनको खबरले स्तब्ध भएको छु ! स्वर्गीय नेम्वाङको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ।
@mayor_harka यस्तै रहेछ याहाको चलन ।। धन्न मेयर साबको बोल्न भन्दा लेख्न, ढुङा बोक्न, पाईप तान्न मा ध्यान छ ।। नत्र मेयर साब को पनि मुख थुनिदिन्थे हाम्रो नेपालमा ।।
गणतन्त्रमा बोल्न पाईन्छ भन्थे तर हैन रैछ । गणतन्त्र नेताको लागि मात्र आको रैछ, तिन्ले मात्र जे मन लागो गर्न र बोल्न पाउँदा रछन् । जनताले बोलो भने त मुख थुनिदो रछ, घाँटी थिचिदो रछ अनि जबर्जस्ति पुलिस को गाडिमा कोचिदो रैछ, अनि पुलिस को लाठी र बुट को त हिसाब नै छैन ।।
#जय#गणतन्त्र