बुध्दि नपुय्राइ कर्म गर्दा टुकुचा ताेडफाेडबाट आफूलाई भएकाे घाटाबाट केही नसिकी बाङ्गेमूढाकाे ४० वर्ष पुरानाे सामुदियक भवनमा डाेचर चलाएर बालेन सरले भयङ्कर सामुदायक आक्राेशलाई निम्त्याएछन्। कठै,घरीघरी आफ्नै खुट्टामा आफ्नै बन्चराे!
बिनाश काले विपरीत बुद्धि भनेको यहि हो। यहि तरिकाले अघि बढे का.म. को नेतृत्वको अस्तित्व रहदैन। जनताले दिएको मतको सम्मान गरेर हरेक निर्णयहरू गर्नु पूर्व गहन अध्ययन गर्नु जरुरी छ, ना कि जे पनि हचुवा भर। बोक्रे भिडलाई देखाउनु तुक छैन, बोक्रे भिड मै सिमित होला नि। हेक्का रहोस।
टुकुचा माथी बनेका घर टहरा गैरकानुनी हो होईन त्यो तय गरौं र सो अनुरुप कार्वाही गरौं। टुकुचा हराएको खोला भेटियो भन्ने वाइयात र हास्यास्पद कुरा बन्द गरौं।खोला लाई सुरुङ्ग बाट पठाइएको भनौ कि सडक मा बन्ने सुरुङ्ग लाई बाटो हराएको भन्ने।बाल्यकाल मा टर्च बालेर भित्र छिर्ने हामी जिउदै छौ।
काम, नापी विभाग र भूमि सुधार, तीनवटै निकायलाई कार्यवाही गर्नु पर्ने होइन, छानबिन समिति बनाउनु पर्ने होइन, सधैँ जनतालाई सडकमै ल्याउनु समाधान हुदैँन, बुद्दिमानी होइन, मानिदैन। कुनै पनि विनाश हुनु निराकरण होइन, यति पनि किन बुझ्दैनन्। समाधान खोजौँ।परिस्कृत समाजमा हो, समाधन तिर लागौँ।
जब कि,कुनै पीडितले गम्भीर प्रकृतिको(वा जुनै) अपराधमा जाहेरी दिन्छ र अदालतबाट पक्राउ पुर्जी नि जारी हुन्छ,अभियुक्त समातिन अगावै, प्रहरीबाट सुचना चुहावट हुनु/हुनदिनु, यसको गम्भीरता बुझ्न आवश्यकता छ, यो ठूलो त्रुटि हो। प्रहरी भित्रै पनि छानबिन गरेर कार्यवाही गर्नु आवश्यक छ।
पीडितको न्यायको लागि आवज किन कम हुने गर्छ हाम्रो जस्तो मुलुकमा?नाबालिको हकमा, यौन सम्बन्ध हुनु भनेको गम्भीर अपराध/बलात्कार हो भनेर किन बुझ्दैनन्। फरक यति हो हरेक देशको क्षत्राधिकार अनुसार, १२-२१ वर्ष, अझ कुनैमा विवाह पछि मात्र। पद, पैसा, पावर भएसी, मिडिया(भनौदा) प्रभाव, विडम्बना।
बिपना वारि हुन्छ, सपना पारि हुन्छ। सपना र बिपनाको बीचमा चुनौती र समस्याहरुको भेल बहिरहेको हुन्छ। त्यही भेल तर्नलाई एउटा पुल चाहिन्छ त्यही पुल निर्माणमा श्रमको खाँचो पर्दछ जुन हामी मिलेर गरिरहेकाछौँ !
(साभार - हर्क सांपाङ)
रवि लामिछाने र आरोपीतसँगै बसेको तस्विर सार्वजनिक भएको देख्दा अच्चम्म लाग्छ, तेहि नि हिरासतमा। पत्रकार नभएर कुनै पार्टिको अध्यक्ष भएको प्रभाव पो हो कि? कानुनी प्रकृयाको अब प्रहरी अधिकृतलाई नि तालीम दिनु पर्ने अवस्था आइपर्यो। यधपी, निर्दोषलाई न्याय, दोषीलाई कार्यवाही हुनुपर्दछ।
@grghimal247 शक्ति दूरी सूचकांक धेरै भएको हाम्रो जस्तो देशमा, जसमा पदानुक्रम प्रणालीको नि अभ्यास गरिरहेकाछौँ। धेरै मापदण्डहरू मध्य नजर गर्नुपर्ने हुन्छ। कसले कसलाई भनेर धेरै भनिन, फेरि पनि मैले दोहोर्याएँ, निर्दोषलाई न्याय, दोषीलाई सजाय भने हुनुपर्दछ।
@grghimal247 पेलिनै पर्ने हैन, हुनुहुदैँन। प्रहरी काम कार्यवाहीको सवालमा, सुशासनका धेरै पाटाहरू मध्य यो एउटा सन्दर्भमा मेरो टिप्पनी हो हजुर। प्रहरी अधिकृतलाई कार्यवाही गरेको समाचार नि आइहालीसकेछ। र, कुरा रह्ययो आम मानिस र शक्तिमा पहुँच भएको व्यक्त्ति बीच, यस्तो समाचार आइरहन्छ जबकि हुनुहुदैँन
जनता र राज्य भन्दा, द्रव्यमा लोभान्दित भएपछि यस्तै हुने रहेछ।
ठूला व्यापारी र राजनीतिज्ञको नाम र फोटो पहिलो पृष्ठमा देख्न पाउँने होकि होइन यो जुनिमा। २/२
नेपालका मिडिया हाउस नै आर्थिक चलखेलमा संलग्न छन्, अनि सिसिटिभी फुटेज, भ्रष्टहरुको नाम ठूलठूल्ला न्यूज हेडलाईनमा आउँछ, सार्वजनिक गर्ला, भनेर सोच्नु हाम्रो मूर्खता हो नि। १/२