मैले लेखेका लहरोहरु अरु ठाऊँमा छाप्न (जस्ताको तस्तै, अर्थ नबिगारेर) पोष्ट गर्न मलाई सोध्नु पर्दैन। मेरो उद्देश्य नै धेरै भन्दा धेरै मान्छेको सामुन्ने विज्ञान पुर्याउनु हो। जति ज्ञान, पैँसा कमाउनु छ, पोष्ट गरेर कमाउनुहोस्, मलाई सरोकार छैन। अनुमति माग्न DM नगर्नु होस्🙏
२४ घन्टाको दैनिकीमा स्नान गरेर भगवानको पूजाआजा पनि गरिएला; चर्पीमा गएर नित्य कर्म पनि गरिएला। तर, समर्थन गर्ने भन्दैमा-नेता ज्यु हजुरको टट्टी कति मिठो, एकचोटी मेरो मुखमा बिष्ट्याईदिन पर्यो भन्ने स्तरको समर्थन गर्न भएन। टट्टीलाई टट्टी त भन्न सक्न पर्छ भो😝😝
Feb 13, विश्व रेडियो दिवस। सुर्खेत उपत्यकामा आफ्नै आँखाले घर, परिवार, समाज देखे पनि विश्व परिवेश देखाउने आँखा रेडियो थियो। रेडियोसँगै सुतिन्थ्यो-उठिन्थ्यो। सँसार धेरै अगाडी बढि सक्यो तर त्यो रेडियो प्रेम अहिले पनि छ- गराजमा १९७६को जर्मन रेडियो जहिल्यै घन्किरहेको हुन्छ।