दुःख नगरी सुखको लागि बाँच्ने धेरै छन् यहाँ
देखावटी रुपमा वाचा कसम साँच्ने धेरै छन् यहाँ
समय खराब छ साथी होसियार भइ चल्नु
अघि बढ्ने पाइलाहरू भाँच्ने धेरै छन् यहाँ✍️❤️😘
भगवान श्रीकृष्ण भन्नु हुन्छ धैर्यता राख्नुहोस जीवनमा सबथोक राम्रो हुनको लागि सबै भन्दा नराम्रो परिस्थितिबाट गुज्रिनु नै पर्छ❤️🤗🥺🥰
#HappyKrishnaJanmashtami ❤️🤗
फुल फुलेर के गर्नु सुगन्धित सुवास छैन भने
मन डुलाएर के गर्नु निश्चल आवास छैन भने
दुःख पीडा हाँसो खुशी सधैं चलि नै रहन्छन्,
खुशीले के गर्नु पीडा भुलेको आभास छैन भने !!
#शुभदिनको_कामना ☕💟💟