न निदाई कयौ रात सुतेको मान्छे म
पटक पटक कर्मले लुटेको मान्छे म
न माया पाएँ न त दिल चोखो रह्यो
सिसा झैँ चर्किएर फुटेको मान्छे म
धेरै आशा नदेउ जोड्न गाह्रो हुन्छ
छरपस्ट भएर दिल टुटेको मान्छे म
#midnight#alone#रात 1:03 बजे
फुल संग नाता गासै भने ओईली जानेहोकी
आकाश संग नाता गासै भने भुईमा खसने होकी
समय संग नाता गासै भने छोडी जाने होकी
मानीस संग नाता गासु भने धोका पाईने होकी
#शुभरात्रि
झस्किन्छु बितेको त्यो बच्पन सम्झेर
भाडाकुटी खेलेको त्यो आगन सम्झेर
आजकाल त ऑखाले ऑशु मात्र झार्छ
उस्को कठोर छुरा जस्तै वचन सम्झेर
मानव भएर सोच, हे मान्छे! तिमी पनि
आफ्नो जस्तै अरुको पनी मन सम्झेर..
....✍️
#सुभरात्री
कसले सम्झिहोली खुल्दुली लागिरह्यो
लाग्न पनि दिनभर बाडुली लागिरह्यो
हैसियत त चौकिदारको पनि रहेनछ
हामीलाई भने उही घरमुली लागिरह्यो
एक ठाउँमा सिलायो अर्को ठाउँ उध्रिन्छ
जिन्दगी टाला टुली बाटुली लागिरह्यो
श्वास छउन्जेल त आश रहन्छ भन्छन्
जिन्दगीलाई फेरिन्छ काँचुली लागिरह्यो
म झरना, तिमी झन्कार
म सृष्टी, तिमी संसार
साईनो हाम्रो अजम्बरी छ,
म कृति, तिमी कलाकार ।
तिमी आकाश,म धर्ती
तिमी मौसम,म प्रकृती
एक अर्कामा सम्मोहित,
तिमी मन्दिर र म मुर्ती ।
तिमी सागर, म तिर्सना
तिमी संगीत, म मुर्छना,
यादहरु बोकेर तड्पिरहने,
तिमी एकान्त,म सम्झना ।
#मुक्तक