तिमि रिसाउनै नपाउने मनमा लागेको कुरा भन्न नपाउने भन्ने होइन, मात्र यति भन्नु छ की तिमि खुसी बस, हासिराख, तिम्रो खुसीमा कसैको खुसी अल्झिएको छ
कोही तिम्रो बारेमा सोचिरहेको छ कसैले तिमीलाई मन पराउने मात्र होइन साँच्चिकै माया गर्छ भनेर सम्झाउन मात्र हो।♥️
नर्सलाई सहानुभूति होइन बस्, सम्मानको नजरले हेरियोस् ❤️
PPE लगाएर घण्टौं भोक र प्यासलाई दबाएर काम गर्न कहा सजिलो छ र🤔
तर गाह्रो छ भनिरहँदा विचार नभनियोस् 🙏
हामी तयार छौँ, अन्तिम घडीसम्म पनि देशलाई बचाउन♥️
हाम्रो देशमा स्वास्थ्यसेवा दिने स्वास्थ्यकर्मी नै सुरक्षित छैनन्, एक त #pendemic_situation छ
अर्को बिरामी, आफन्तबाटै दुर्व्यवहार😕
स्वास्थ्यकर्मी नचाहिने हो भने बिरामी हुँदा पनि घरमै बस्नुस् हैन भने सम्मान गर्न सिक्नुस्।🙏
फर्केर आउँछु आमाबुवा भन्दै गएकोथिस्
लाग्छ,गाउँ आउने बाटो बिर्सिस्
सहर छिरेसी गाउँको माटो बिर्सिस्।
मेरो प्यारो छोरा
कुनै गुनासो छैन त सँग
बरु एउटै विन्ती गर्छु
हाम्रो चितामा आगो लगाउन चै
जसरी नि आएस् है।