दार्चुलाको गोकुलेश्वर अस्पताललाई आधुनिक ल्याब सहितकाे प्रादेशिक स्तरको अस्पतालका रूपमा स्तरोन्नति गर्ने विषयमा सुदूरपश्चिमका मुख्यमन्त्रीज्यूले पनि सकारात्मक वचन दिनुभएको छ । अब यस अभियानलाई सार्थक बनाउन सबैले आ आफ्नो ठाउँबाट सहयोग, पहल र समन्वय गरौँ
आखिर यो जेएनजी सरकारले गरिरहेको के हो ? बुझ्नै सकिएन ? चुनाव ८४ मा गर्ने भनेरै स्पष्ट व्यवस्था थियो । देशका धेरै जसो संरचनाहरू ध्वस्त भए । प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री बन्नका लागि बनेको देखियो । आफ्ना नातागोता इष्टमित्रलाई जागिर दिनलाई मात्र प्रधानमन्त्री बनेको हो ?
नेताहरू जनतासँग देश बनाउँछु भनेर ठूलो कसम खाए�� राजनीति प्रवेश गर्छन् । तर व्यवहारमा भने सत्तामा पुगेका हुन् वा नपुगेका सबैले एउटै काम दोहोराइरहेका छन् । देश विकास भन्दा ठूलो एजेन्डा अर्कोको खैरो खन्ने ।
ऋण नहुने मान्छेले पैसा कमाउन सक्दैन, किनभने ऋणले जिम्मेवारी र परिश्रमको अर्थ बुझाउँछ । जो ऋण तिर्न लड्छ, ऊ नै कमाउने बाटो खोज्छ । शत्रु नहुने मान्छेले प्रगति गर्न सक्दैन,
किनभने शत्रु नै तपाईँको क्षमताको परीक्षा लिने शिक्षक हो ।
शरीरले होइन, मनले पाप गर्छ । शरीर त कर्मको औजार हो, तर सोच, त्यो त नियत हो, जहाँबाट सबै शुभ अशुभ उत्पत्ति हुन्छ । गंगाको पानीले शरीर धोइदिन्छ, तर मनको मैलो कहाँ मेट्न सक्छ र ? हात, अनुहार र तन सफा हुन्छन्, तर सोच सफा नगरेसम्म आत्मा अशुद्ध नै रहन्छ । साँचो गंगास्नान त तब हुन्छ ।
धैर्यता न�� सफलताको सबैभन्दा ठूलो शक्ति हो । जीवनमा आज प्रयास गरेकै भरमा भोलि परिणाम पाइँदैन । बीउ रोपेर फल खान समय पर्खनु पर्छ, त्यस्तै परिश्रम र प्रतीक्षाको तालमेलले मात्र सफलता फुल्छ ।
यो त चुनावी सरकार होइन र ? अब त लाग्न थाल्यो, देश विकास गर्ने होइन, मन्त्री बन्ने प्रतियोगिता चलिरहेको छ । जो पनि मन्त्री हुने ��ोषणा गर्छन् , मानौं मन्त्रालय होइन, मेलाको इनाम हो ! समस्या छन्, बेरोजगारी, महंगी, स्वास्थ्य र शिक्षा संकट सरकारको ध्यान त केवल कुर्सीमा मात्र ।
देश हाँक्ने लिडर आउनु पर्यो । हाम्रो देश अहिले दिशाहीन भएको छ । स्वार्थ, ढोंग र अनुत्तरदायी नेतृत्वले देशको भविष्य डामाड��ल हुँदैछ । अब गफले काम चल्दैन । हामीलाई चाहिन्छ, निष्ठावान्, सक्षम र जनताप्रति जवाफदेही नेतृत्व, जसले देशलाई समृद्धि र सुरक्षाको बाटोमा डोर्याउन सकोस् ।
नेपालको राजनीति आज दिशाहीन यात्रामा छ । अहिलेको सरकार इगोमा रुमलिरहेको छ । सत्ता, शक्ति र स्वार्थको खेलले न केवल प्रणालीलाई कमजोर बनाइरहेको छ, तर जनताको लोकतन्त्रप्रतिको विश्वास पनि क्रमशः हराउँदै गएको छ । दलहरू सिद्धान्त होइन, अवसरका हिसाबले गठबन्धन गर्छन् ।।