अर्थमन्त्रीको बजेटमा युवामैत्री अर्थनीति समेट्न सकेन । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा युवाको जनसंख्या ४२.५६ प्रतिशत छ । यति ठूलो युवा जनसङ्ख्या भएको मुलुकमा युवामैत्री नीति तथा योजना नआउनु अझै विदेश पलायनको बाटो देखाउने लक्ष्यमा सिमित देखियो ।
जवाफ दिन विभागीय मन्त्रीको आवश्यक छैन सचिव दिन्छ - रास्वपा । मन्त्री पद खारेज गरेर राष्ट्र निर्माणका लागि राष्ट्रसेवक कर्मचारीहरूलाई उचित सेवा सुविधासहित प्रोत्साहन र क्षमता अभिवृद्धि गराउदै थप जिम्मेवार बनाउनेतर्फ लागौँ । आखिर काम गर्ने भनेको कर्मचारीहरूबाटै हुन् ।
आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहॅदा आधा हुदानहुदै प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिकै अगाडी संसद छाडेर हिंड्नु अमर्यादित, अभद्र एवं अशोभनीय र गैरजिम्मेवार प्रवृत्ति हो ।
सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ ।
नि:शुल्क १० दिने सार्वजनिक अभिव्यक्ति कला तथा उद्घोषण तालिमको आज अन्तिम दिन !
आफ्नो अनुभव र क्षमतालाई प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा आयोजक संस्था सांस्कृतिक युवा समूहलाई धन्यवाद व्यक्त गर्दछु ।
२००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिन आज । ती वीर अग्रजहरू तथा परिवर्तनकारी योद्धाहरूलाई सम्मान र सम्झना गर्दै सम्पूर्ण नेपालीहरूमा प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। #DemocracyDayNepal
तामाङ पत्रकार संघको २२ औं स्थापना दिवसको अवसरमा तामाङ समुदायबाट पत्रकारिता गरिरहनुभएका अग्रज, सहपाठी तथा नव पत्रकारहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
भीम लामा
फोनिज, काठमाडौं ।
नेपालको संविधानमा भएका जे जति राम्रा पक्षहरू छन् त्यसलाई पूर्ण कार्यान्वयन गर्दै आम नागरिकको मर्मा अनुरूप संविधान संशोधन आवश्यक छ। संविधान दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
संघीय राजधानीको उत्तरपूर्वी भागमा रहेको कागेश्वरी मनोहरा नगरपालिका –१ स्थित कागेश्वरी मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना एवम् दर्शन गरेका छन् ।
प्रत्येक वर्ष भाद्र शुक्ला अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा भक्तजनले यहाँ पूजा आराधना एवम् दर्शन गरेका हुन् ।
‘दिगो विकास र सुनौलो भविश्यको सार: स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नारालाइ व्यवहारिक रूपमा कार्यन्वयन गरियोस् अगस्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा विश्वभरका युवाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। #HappyIYD2025#Happyyouthday
काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिकाका सचेत जनप्रतिनिधिहरुबाट प्रदेश सरकार खारेजीको प्रस्तावसहित निर्णय गरेकोमा धन्यवाद । जनताले तिरेको करले केही थान मन्त्री, उस्का कार्यकर्ताको भरणपोषण तथा कर्मचारी खर्चमा सिमित थियो, छ । अब अन्य स्थानीय तहले पनि यस्तै निर्णय गरियोस् ।
दुई साता सदन अवरुद्ध गरेको माओवादी अन्तत: कांग्रेस-एमालेकै एजेन्डामा आएर गृहमन्त्रीलाई जोगाउने सहमतिमा हस्ताक्षर गरेको छ । सहमति बमोजिम देश खोक्रो पार्ने महान पार्टीलाई चिन्ने आधार यहि हो । जय देश !
बुद्ध जयन्तीको पूर्व सन्ध्यामा विश्व सम्पदा सूचीकृत बौद्ध महाचैत्यबाट सबैलाई शुभकामना। ॐ आ हुँ बज्र गुरु पेमा सिद्धि हुँ
सर्व प्राणिले हरेक दु:ख कष्ट रोगबाट रक्षा प्राप्ति गरुन्
सबैले विश्व शान्तिको प्रथान गरौं ! २५६९ औं बुद्ध जयन्ती सफल पारौँ।