���ैले न त लैङ्गिक भेद नै औँल्याउन खोजेकी हुँ न त आफुलाई नारीवादी नै साबित गर्न! तर "कति जना छोराछोरी "? भन्ने प्रश्नको गर्वका साथ दुई छोरी भनेर उत्तर टुङ्ग्याइसक्नु भएको मेरी आमालाई फेरि" छोरी मात्रै? अनि छोरा? छोरा चै?" भन्ने प्रतिप्रश्न उब्जाउन के जरुरी नै छ त?
#प्रतिप्रश्न🤙
भय?भय प्रश्नको!
असली त्रास त तब लाग्छ,
जब भयमा प्रश्न हैन,प्रश्नमा
भय जाग्छ।
यो भय हो न त उत्तरको अभावले!
न त उत्तरमा आउने प्रतिक्रियाको प्रभावले।
अक्सर मानिसहरू मलिन
त्यो मुहारमा प्रश्न उब्जाछन्,
त्यहि भएर यी अोठहरु बिना कारण
पनि मुस्कुराउनै रुचाउछन्।।