तिमी फुल बन्नु जुन बन्नु संगितको धुन बन्नु हिलोमा फुल्न आँट गर्ने कमल बन्नु काँडामा फुल्न सक्ने गुलाब बन्नु ताप सहने शक्ति भएको सुर्यमुखी बन्नु शितल दिने उज्यालो छर्ने जुन बन्नु मनको भाव बुझ्ने संगितको धुन बन्नु तिमी प्रेम बन्नु शक्ति बन्नु मेरो सम्मान बन्नु!
जिन्दगी ले तियाँ पुरायो। जहाँ जानु नै थिएन।हराए बाटो मा गन्तव्य नै थिएन । मेरो गल्ती या भाग्य को खेल ।। जहाँ केही पाउनु नै थिएन।सब थोक गुमाए केही अर्थ नै थिएन।।।।
मनमा विचारको प्रभाव पर्छ । मनको प्रभाव शरीरमा पर्छ । शरीर र दिमाग दुवैको प्रभाव जीवनभर हुन्छ। त्यसैले सधैं राम्रो सोच्नुहोस् र खुसी रहनुहोस्, मुस्कुराइरहनुहोस्।
जब तपाईको दिमाग कमजोर हुन्छ स्थिति एक समस्या हो। जब तपाईको दिमाग सन्तुलित हुन्छ स्थिति एक चुनौती हो। तर जब तपाइको मन बलियो हुन्छ तब परिस्थिति एक अवसर बन्छ।
एउटा विभाग , ३ जना कर्मचारी , तिनै जना महिला .. संयोगले तिन जनाकै डेलिभरी डेट आसपासै परेछ..तिनैजना म्याटर्निटि leave मा..सेवाग्राहीहरू ऑउदै फर्कंदै , ..कोहि गाली गर्दै , सराप्दै पनि छन् … . ! दोष कस्को ?
धेरैतिर देशलाई परिवर्तन गर्नु जरुरी छ भन्ने भाश्य सुनिँदै आएको छ। यसको मतलव देश बदल्ने हाे? अर्कै देश बनाउने हाे?
मलाई लाग्छ देश बदल्ने होइन, आफूलाई बदल्नु पर्छ । मानसिक सोच र कार्यशैली बदल्नु पर्छ । देश बदल्ने हैन देशमा परिवर्तन ल्याउने विधि र प्रक्रियातर्फ लागौँ।
कुरा बिग्रिए भने सच्याउन सकिन्छ
सम्पत्ति सकिए भने कमाउन सकिन्छ।
काम गलत गर्याे भने सहि बनाउन सकिन्छ
तर घर परिवार बिग्रियाे भने रमाउन कहिल्यै
सकिदैन है जिन्दगीभर.