अति बर्षाकाे कारण देशमा आपतकालीन सरहकाे अबस्था यसपटक अझ चर्कियो ।ठूलाे संख्यामा जनधनकाे क्ष ति भयाे । आवागमन बन्द भए । यसबाट के पाठ पढला सरकारले?के याेजना हाेला अर्को बर्ष कालागी ?
प्रचण्ड पार्टी माओबादी संसदवादी । ए. माले लेलिनवादी संसदवादी । नेपाली कांग्रेस कम्जोर संसदवादी। बिचारधाराको लिगबाट कतिसम्म तल झरे हाम्��ा मुख्य पार्टीहरु।यसाे हुदा पार्टी सत्ता शिकारी जस्ता भए। सिद्धान्त,नैतिकता भएन ।
०७ साल र संबिधान सभाले निस्चित गरे अनुसार हाम्रो देशको राज्य - प्रणाली लोकतान्त्रिक संसदीय प्रणाली हो ।आजको खास समस्या ,अझ चर्कोरुपमा, कम्युनिष्ट हरुले प्रणाली प्रयोग गर्ने तर आस्थानिष्ठा -" पूर्वक प्रणाली पालना न गर्नुनै हो?
हाम्रा प्रधानमन्त्री ओलीजी यूएन महासभामा रहेकैबेला काठमाडौंमा मा.अमेरिकी राजदूतले बक्तन्य जारी गर्नुभएछ- अमेरिका चाहन्छ- भारत चीन संबन्ध सुमधुूर रहाेस् ! सामयिक तथा अर्थपूर्ण !
यून महासभामा यस पटक नेपालकाे स्वर ठूलाे हाेला ।हामीेले संक्रमणकालीन दुवै ऐन १८ बर्षमा पास गरयौ भन्ने दम्भ होला ।द्वन्द पीडित को सुनवाइ अब कहिले त? जवाफ , फेरि उस्त��� उस्तै गोलमाल होला !
९ बर्षसम्म संबिधान कार्यान्बयनको प्रतिफल के यस्तै हो त? आम जनताले दैनिक जीवनमा् के कस्तो गुणात्क अन्तर अनुभूत गर्नसके? आजकाे दिन संविधान निर्माता डा.वाबुराम भट्टराई खुलेर बाेलिदिए कति उपयुक्त तथा वजनदार हुन्थ्यो !
भारतीय कम्युनिष्ट पार्टीका नेता याचुरी नेपालका कुरा लाेकसभामा राखने फुर्तिला नेता हुन् ।०६२-६३ काे आन्दोलनमा भारत सरकार ,नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपालका अरू पार्टीहरुलाई एक ठाउँमा जुटाउने मुख्य माध्यम हुन् ।मित्रकाे असामियक निधनमा श्रधदान्जली !
मा .उपभामुख इन्दिरा रानाले प��मा रहदा कहिले के कसतो आचरण गर्नु भयो? त्यसको न्यायिक प्रतिबेदन खै? यसको अभावमा राजिनामाकाे दवाब -घेराबन्दी, हूलदङ्गा हो, संसदीय मर्यादा होइन ।