मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचत कर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। Well Played कान्तिपुर। सुर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (शायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएं। तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो।मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान्। लिएकै प्र��ाणीत भए तिरौला पनि।यत्रो ऋणको लिनेलाई नै कुनै अत्तो पत्तो छैन। हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचन वद्दता दिएर छुटिएको हुँ। ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ क्लियर छ। तर पित-पत्रकारीता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एप���सोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ। इच्छुकले खोजेर हेर्नूहोला।कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सुर्य दर्शन सँग करोड लिएको समाचार तर्फ प्रवेश गर्नु छ।तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु। भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला। मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र मसँग इमानको लडाइ लड्न सक्दैनौं , सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं । त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौ,एक अर्का सँग नलडौं। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु। बिना प्रतिशोध खुल्ला रिपोर्��िङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र?
हिजो सम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछु: हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न,
छर-छिमेकीलाई डिस्टर्ब हुन्छ।
भिडियो हेर्नू होला।
राजावादीलाई जम्मा तीनप्रश्न:
१.अधिकारबिहिन संवैधानिक राजा खोजेको हो भने ज्ञानेन्द्र राजा भए चैँ देश बन्छ?
२.सर्वेसर्वा प्रधानमंत्रीलाई राजाले कुन कानूनले कसरी अंकुश लाउने?
३.संविधानमाथिको राजा चाहियो?
चित्त बुझ्दो जवाफ पाए म पनि राजावादी बन्दिने।
सिधा कुरो: कंबल ओढेर घिउ नखाउँ!🙏
एक समय थियो जब नेपालले ३० बलमा ३० रन चाहिदा पनि हार्ला कि भन्ने डर हुन्थ्यो। आज नेपाललाइ ३० बलमा ६० चाहिने थियो । तर खेलाडी त खेलाडी दर्शक पनि नेपालले जित्छ भनेर ढुक्क थिए । र नेपालले ५ बल बाकी हुदै जित्यो । प्रगति यसलाइ भनिन्छ ।
Well played Nepal! Very very well played!
Lost by 23 runs against this star-studded Indian team.
Dear @BCCI , @CricketNep is now ready for a bilateral series against India, at least in T20 format.
Proud! 🇳🇵
संविधानमा गौ हत्या अपराध लेखिएको छ र धरानमा गोरु काटिनु राम्रो हैन,
मैले अनुसन्धान गर्न कुनै बाधा पुर्याएको छैन !!
तर यसरी खुलेआम मान्छे उकास्ने भड्काउने यस्तो बोल्नेलाई चाहिँ कारबाही हुन्छ कि नाई ??
नेपालमा एन्टिबायोटिक प्रतिरोधी जीवाणुको विकराल चुनौतिका बारेमा थोरै बुझाउने कोशिशः
A brief explainer on the challenges of antimicrobial resistance in Nepal
'कार्वपेनम' को गलत प्रयोग हुँदा एन्टिबायोटिकले काम नगर्न सक्छ (भिडिओ) :: अनूप सुवेदी :: Setopati https://t.co/tQLG233M61
बिशेष गरि केही गैर लिम्बू जनजातिहरुले किराँत मुन्धुम अनुसार लिम्बूहरुले गाई गोरुको बलि चढाउने चलन छ भन्दै निरन्तर रुपमा गरिरहेको प्रचारप्रति दुःख प्रकट गर्दछु।
अरुको मुन्धुममा के छ कुन्नि उनीहरुले जानुन। तर किराँत धर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा,फटेङ्ग्रा,कुखुरा,परेवा,हाँस,भेडा,बाख्रा,राँगा, भैँसी वा कुनैपनि जीवजन्तुको हत���या(बलि) निषेध छ!
जसरी खुवालुङलाई ढुंगा मात्र भनियो भने त्यसले सिंगो किरात सभ्यतामाथी धावा बोलेको ठहर्छ, त्यसैगरी गाईलाई जनवार मात्र भन���यो भने त्यसले सिंगो हिन्दु सभ्यता माथी धावा बोलेको ठहर्छ। एक अर्काको धर्म, सँस्कार र सभ्यतालाई सम्मान नगर्ने हो भने हामीले दुई खुट्टा टेकेर हिडेको के अर्थ?
के खाने के नखाने भाग २:
कसैलाई कुकुरको मासु खान मन लायो भने अमेरिका र अस्ट्रेलियामा पाइन्न। दुवै लोकतान्त्रिक मुलुक नै हुन्। अमेरिकामा त घोडा र चील पनि वर्जित नै हो। घोडा सांस्कृतिक हिसाबले भने चील राष्ट्रिय पंक्षी भएका नाताले। त्यसैले कुरो मासु वा धर्मको मात्रै पनि हैन। कुरो सो समाजमा के पाच्य छ र के छैन भन्ने पनि हो। गोबध र गोमांस वर्जित गर्दैमा नेपाल अलोकतान्त्रिक हुने हैन। अमेरिकामा घोडा खान मन लायो, मुस्लिम देशमा सुंगुर खान मन लायो, अस्ट्रेलियामा कुकुर खान मन लायो भन्दै लिँडे ढिपी गर्नु जति असान्दर्भिक हुन्छ त्यति नै असान्दर्भिक नेपालमा गाईगोरु काटेर खान पाउनुपर्यो भन्नु हो। काटेरै खान मन भए बाहिर जाओ। मासुमात्रैको कुरा हो भने मुलुकभर लम्पी स्किनले मरेका डिंगा जति धरान तिरै पठाइदिने अभियान चलाइदिम्ला सबै मिलेर। इति:
छानबिन गर्नकै लागि गठीत संस्थाको कामलाई नपत्याउने अवस्थामा पुर्याएको पनि तपाईँहरू���े नै हो। हालसम्मको ट्रयाक-रेकर्डमा बरू पुलिस-अदालतले चोरलाई सजाय दिएको भेटिन्छ तर तपाईँहरूले गठन गरेकाका आयोगले रिपोर्टमात्र बुझाउदोरछ र तिनै रिपोर्टलाई सिरानी हालेर ठूलो चोर मस्तले सुत्दिन्छ।😂
मलाई @SumanaShrestha जीको अध्ययन, पूर्वतयारी र प्रस्तुति गज्जब लाग्छ। नेपालमा ILO का बाध्यकारी प्रावधान, कर्मचारी संघ र स्थायीलाई हटाउन असम्भवप्राय कानूनमा संशोधन गरी Hire & Fire को नियम ल्याउन अनुरोध। अहिले चैँ 'जाबो' गलत प्रश्नपत्र वा स���रेका लेखका आधारमा फायर असम्भव नै हो है!🙏
गगनको सेखी झार्ने देउवा रणनीति सफल भएको आत्मरतिमा कांग्रेसको संस्थापन पक्ष दंग छ । तर, यथार्थमा बैठकले गगनको राजनीतिक पाइन अझ धारिलो बनाएको छ ।
@Rajaramgautam
https://t.co/WZweGE4MUM
अब कांग्रेसले दुवै महामन्त्रीलाई अनुशासनको कार्बाही गरेर साधारण सदस्यसमेत नरहने गरी दलबाट निष्कासन गरेमात्र दल जीवन्त र लोकप्रिय हुने देखियो। ती साह्रै अराजक देखिए। कांग्रेस एक परिवार हो भन्ने नै बिर्सिए। दललाई लास्टै बदनाम गरे। चाँडै निकालौँ! ढिलो नगरौँ! शुभ काम में देर��� क्यु?🙏
नियत प्रष्ट छ:
१. संघीय सरकारकै योजनामा सप्तकोशी नदी बीचमा रहेको ढुङ्गो हटाउने योजना अन्तर्गत 'किराँत'हरूको 'खुवालुङ बचाऊ अभियान' मा सबै हिन्दूहरूले समर्थन गरे। परिणामस्वरूप खुवालुङ हटाउनबाट सरकार पछि हट्यो।
२. धरानमा १०० वर्ष पुरानो बालगोपालेश्वर मन्दिर प्राङ्गणमै चर्च बनेको विरोधमा हिन्दूहरू बोल्दा `बाहुनवाद' भन्दै किराँतहरू हिन्दूहरूकै विरुद्धमा आवाज उठाइरहेका छन्। यसको हिसाबकिताब इतिहासले गर्ला।
३. हिन्दू अधिराज्य नेपाल हुँदा कति जना किराँतीलाई बाहुनले जनै लगाइदिए? कतिजना किराँतीलाई बाहुनहरूले वेद पढाएर पण्डित बनाइदिए? कसैले देखाउन सक्छ?
४. तर आज धर्म निरपेक्षता आएपछि कति किराँती बाइबल बोक्ने भए, आज लाखौंको संख्यामा देखाउन सकिन्छ। यही हो फरक।