अहंकारको औषधि विवेक हो। विवेक आफैंभित्र स्वत: उत्पादन हुने तत्व हो, यो कसैलाई पनि घोटाएर पिलाउन सकिन्न। जसभित्र विवेक उत्पादन नै हुँदैन, ऊ बाट कुनै किसिमको संवेदनशीलताको अपेक्षा नगरे हुन्छ।
महिलामुक्तिको एउटा महत्वपूर्ण व्यवहारिक प्रश्न विवाहपश्चात आफ्नो नाम/थर यथावत् कायम गर्नु र लोग्नेको घरमा जानुसट्टा छुट्टै साझा घरमा नयाॅ परिवार बसाल्नु हो।नत्र जतिसुकै ठुला कुरा गरे पनि महिला पितृसत्तात्मक बन्धनबाट मुक्त हुन्नन् है!हिसिला र मेरो अनुभव कसैलाई काम लागे सोच्नुहोला।
यो मंशीरमा फलानोको बिहेको कुरो यसरी चल्दैछ:
केटो अमेरिकामा छ, नेपालमा चार ओटा घर छ, घडेरी कति हो कति। साह्रै ह्यान्डसम, केटीको भाग्य कस्तरी चम्किन्छ हेर्नू त....।
म मोबाइल कोट्याउँदै मनमनै: हे बरै, यो कुरो सुनेर भाग्य पनि लाजले घोप्टिंदै होला मैं जसरी। 🤣🤣
मेरो प्राण र चेतना र भावना रहँदै
मलाई अनि संसारलाई सुनाइदेउ
म कति प्रिय र विशेष र आत्मिय छु -
सजाइदेउ मेरा तस्वीर, जताइदेउ तिम्रो प्रेम -
भोलि भनेर साँचेर राख्दा
म तिम्रो अघि नहुन पनि त सक्छु ।
मेरा कानले तिम्रा आवाज सुन्ने सामर्थ्य राख्दा नै
मेरा लागी यौटा मायालु बोली खर्च गर्न सक्छौ ?
यी आँखा तिम्रा अक्षर पढ्न आतुर रहँदा नै
ओठमा मुस्कान ल्याउने एक हरफ लेख्न सक्छौ ?
म जीवितै रहँदा एक दिनको एक घण्टाको एक पल
मेरो सासलाई सास फेर्ने हिम्मत दिन सक्छौ? +
@Aanbika ठूलो नाक। नाककै कारण संसारकै नराम्री मैं हो जस्तो लाग्थ्यो। कसैको अगाडि गएर बोल्न आत्मविश्वास आउँदैनथ्यो। सबैले नाक देखेर अचम्म मानेका होलान् जस्तो लाग्थ्यो। त्यो बेला अहिले जसरी जतिबेलै मास्क लाउन परेको भए कती खुसी हुन्थें होला म। 😀