केहि साता यता काठम��डौंमा ५ युवतीमाथि सुई आक्रमण भएको भन्दै प्रहरीमा उजुरी परेको छ । तर, एकजना पनि पक्राउ पर्न सकेको छैन । कुनै रोगको संक्रमण फैलाउन कसैले यस्तो गरिरहेको त छैन ? यसको उचित छानविन हुनुपर्छ र सरकारले सत्यतथ्य बाहिर ल्याएर सर्वसाधारणलाई आश्वस्त बनाउन सक्नुपर्छ ।