कोभिडले काम खोसिएका !
अनुहार हॉसे पनि भित्र भित्रै पिडाले पाकेका प्यारा दुखि नागरिकहरू
तपाइहरूलाइ खुशिको खबर छ है?
आउने चुनाबमा भोट हाल्न जॉदा मतपत्र मा दुइ वटा नयॉ चुनाब चिन्ह पनि थपियो याहू…
अर्काको दिदी बहिनी माथि ऑखा लाउनु हुन्न है भनेर अर्ति दिने मान्छेले
एक हप्ता पछि आफ्नै बहिनी उडाइदिए जस्तै छ नेपालको राजनीति !!. नैतिकता न बिपक्षि पार्टीमा छ !न सरकारी पार्टीमा !!
जय अध्यादेश !!!!शुभरात्री…
आज बाट तालिबानीहरूको बहादुरी को कथा सुन्न र सुनाउन थालिने छ जो हिजो सम्म ऑतंककारी थिए ! बास्तबमा ज़िन्दगी र राजनीति उस्तै हो ,यॉहा जित्नेहरूको गीत गाइन्छ ! भोकलाइ जीत्न मात्रै अफ़ग़ानिस्तान पुगेका नेपालीहरूको चॉढो उद्दार होस !!
लोकतंत्रमा कार्यपालिका ले गरेको फोहोर
न्यायपालिका सफा गर्ने हो
कार्यपालिका लाइ आफ्नो हिसाबले फोहोर बनाइ राख्ने अनि सफा गर्नेले राम्रो संग गरेन भनेर उफ्रेर हुन्छ ?
राष्ट्रपतिय प्रधानमंत्री द्वारा अदालतीय प्रधानमंत्री लाइ
केहि दिनका लागि मात्रै सत्ता छोड्ने सम्भावना !!! त्यस पछि फेरी कुरो उहि
…..कठै ४ बर्ष लगाएर कस्तो संबिधान बनाएछन्!!!
नाम मात्रै मिलेर क्यार्नु ?
एउटा शेर बहादुर ४ चोटी प्रधानमंत्री बनेर फेरी बन्ने कोशिसमा छन्
अर्का शेरबहादुर (तामॉग)
२ ,२ पल्ट मन्त्री भए
दूबै पल्ट २ महिना नि टिकेनन् बिचरा ….
बजेट राम्रो कि नराम्रो ? के लेखौ?
बिरोधमा लेखौ घरका बूढा बा ले स्ट्याटस हेरेर लठ्ठिले बजाउलान् भन्ने पीर!!
छोरो पनि अघि कोठामा यता र उता मार्कसिट खोजिराथ्यो !
चूप लागे है म त !शुभरात्री!!
राजाका पालामा जे पनि आदेशमा चल्थ्यो
गणतन्त्रमा जे पनि अध्यादेशमा चल्छ !
राजाका पालामा संसद भनेको पंचायतको अंग
गणतन्त्रमा चाहि संसद भनेको भंग का भंग गणतंत्रको दिवसको शुभकामना !!!
प्लास्टिक को झोला
भन्दा खतरनाक रहेछ पार्टीको झोला ,जस्ले बोक्यो त्यस्को ऑखा अन्धो !कान बहिरो !!
बुद्धिमा ढक्कन !!!त्यसैले प्लाष्टिकको झोला होइन पार्टीको झोला त्यागौ!!
आज अप्रिल फष्ट
अरूलाइ मूर्ख बनाउने दिन
गोराहरूको लागि हो यो ,हाम्रो लागि होइन
हामी नेपाली लाइ त हरेक दिन हाम्रा नेता र पार्टीहरूले अप्रिल फूल बनाइरहेकै छन् नि !शुभदिन!!!
जी न्यूज आयो प्रधानमंत्रीको हाइट बढाएर गयो
साथै यति अग्लो प्रधानमंत्री हूदॉ हूदै तिमिहरूलाइ किन चाहियो सगरमाथा भनेर , सगरमाथामा आफ्नो दावि पनि छोडेर गयो ....
कामरेडहरू.....नेकपा बिबादले पार्टी त झन बलियो र सुरक्षित हुने भो हौ..
पहिला पार्टी अफिसमा एउटा मात्रै ताल्चा लगाइन्थ्यो , अहिले २ वटा लगाइदै छ
सकारात्मक सोचौ !
शुभबिहानी !!!