जे छ त्यसैमा चित्त बुझाऊँछु अरुको देखेर रुने कराउने वा हाँस्ने उफ्रिने गर्दिन। बिदेशमा छु तर नेपाल आमालाई माया गर्छु। काँग्रेस, माउबादी, बाराभ पटक्कै मन पर्दैनन
भदौ २४ अर्थात् देश जलाइएको दिन !
ती कुनै जेन–जी थिएनन् । ती कुनै भ्रष्टाचारविरोधी थिएनन् । ती कुनै सुशासन पक्षधर थिएनन् । ती कुनै 'नेपोबेबी' विरोधी थिएनन् ।
ती थिए– नेपाल राष्ट्रका दुश्मनहरु । जसले भदौ २४ मा हाम्रो धरोहर सिंहदरबार जलाए । संसद् भवन जलाए । सर्वोच्च अदालत जलाए । शीतल निवास जलाए । देशैभरि हजारौँ व्यक्तिका घर जलाए । सार���वजनिक संस्थान जलाए । सरकारी कार्यालय जलाए । व्यवसाय जलाए । लुटे ।
भदौ २३ को घटना अकल्पनीय थियो । राज्यको लापरबाही र लाचारीको पराकाष्टा थियो । गृहमन्त्रीले अघिल्लै साँझ राजीनामा दिइसकेका थिए । प्रधानमन्त्रीले दिउसो २ बजे राजीनामा दिएर हेलिकोप्टर चढेर बालुवाटारबाट अज्ञातस्थलतिर लागेका थिए । तर पनि, राष्ट्र जलाउन रोकिएन । अधिकांश ��गजनी प्रधानमन्त्रीको राजीनामापछि गरिएको छ ।
जनताका छोराछोरी मरे÷मारिए । अहिले जो सत्तामा छन्, यी लाभग्राही हुन् । तिनको त्यस आन्दोलनमा केही क्षति भएको छैन, केही योगदान पनि छैन ।
समय सधैँ एकनाश रहँदैन । राष्ट्रमाथि ज्यादती गर्नेहरुको अभिलेख पक्कै कहीँ न कहीँ होला । आशा गरौँ– फेरि यस्तो कहिल्यै हुने छैन ।
यो वर्षकै सबैभन्दा उत्कृष्ट झूट,
स्मरण रहोस् राष्ट्रिय स���ालेे प्रतिनिधि सभा बाट पारित भएर गएको एउटा पनि कानुन रोकेको फर्काएको छैन।
अहिले सम्म कुन कुन विद्येयक रोकेको छ... भ्रम छर्न अझ नी पुगेको छैन ???
हे बरै झुट पे झुट
लज्जास्पद !
—तपाईंहरूले कति वटा र कस्ता कानून बनाएर राष्ट्रिय सभामा पठाउनु भयो?
—अनि तपाईंहरूले पठाएको भनेको कुन कानून राष्ट्रिय सभाले रोक्यो?
हा���ा कुरा गर्ने? जनता त्यति मूर्ख पनि छैनन्, जति तपाईंहरू सोँच्नु हुन्छ।
न ग्यास छ, न चिनि
बर्ड फ्लुको नाममा खसिको मासु १६०० पुग्यो अहिले घट्नै मान्दैन्, चामल र अन्य सामानको भाउ आकाशिएको छ,
सरकार छ Facebook मा, दुख छ घरघरमा 🙏
Thanks
बालेन भावनामा बहकिनेहरुका लागि एक फेन्टासी हुन्।वास्तविकताको धरातलमा उभिनेहरुका लागि एक भ्��म हुन्।विश्वासको जगमा टेकेर बाँच्नेहरुका लागि एक धोका हुन्।
'आमा,बालेनले देश बनाउँछ' मा भर गर्नेहरुका लागि एक प्रत्युत्पादन हुन्।देशका लागि एक अभिशाप हुन्।
उनको हरेक गतिविधिले त्यही भन्छ।
घण्टेकाे हिंस्रक आक्रमणमा परी घाईते भएका राष्ट्र सेवकहरु झापा पछि दाेलखाका सिडियाेले राजिनामा दिएका छन् । पुर्व मुख्यसचिव कृष्णहरी पुष्कर घण्टे नाईकेद्वारा नै आक्रमणमा परेपछि अहिले साताे गएकाे छ।
तिसौ बर्ष अनुभव प्राप्त राष्ट्रसेवकहरुलाई घण्टे सरकारका भतिजहरुले दिकदार बनाएका छन्।
मैले त्यो भिडियो नहेरेको भए हुन्थ्यो।
हेरेँ।
बिचरा एक जना महिलाले रुँदै भनेकी छन्, “मेरो श्रीमान सुरुङमा फसिनु भएको छ, सरकार सहयोग गर्नुस”।
त्यो भिडियोको तल कसैको कमेन्ट छ, “तँलाई तेरो पोइसँग सुत्न हतार भो?”
त्यो भिडियो देख्दा मेरो गला अबरुद्ध भो, तर थाहा छैन घन्टेहरुले कसरी त्यो कमेन्ट लेख्न सके।
यसकै सपोर्टमा, “सरकारले छिटो गर्नु पर्थ्यो” भनेर फेसबुकमा लेखेँ, चिनेजाने कै महिलाहरुले मलाई गाली गरे। “सरकारलाई गाली गर्छस?” भन्दै। म ति महिलाहरुको मन देखेर अचम्मित छु आज।
यहाँ सरकारलाई गाली र सपोर्टको कुरा छैन मानबियताको कुरा छ। कोहि रोएको देखेपछि सपोर्ट मात्र गरिएको हो।
नोटः रुपमा मात्र मानब भएर नहुँदो रहेछ, भित्र पनि मानब हुन पर्दो रहेछ।