बजेट निर्माणका बेला विगतमा सीसीटीभी फुटेज हराएको काण्ड निकै चर्चामा थियो। अहिले फेरि शैली बदलिएर सूचना चुहावटको गम्भीर आरोप लागेको छ। ईभी (विद्युतीय सवारी) आयात गर्ने कम्पनीहरूबाट अर्बौँको आर्थिक चलखेल भएको र ७ सयभन्दा बढी गाडी अवैधानिक रूपमा भित्रिएको कुरा बाहिर आएको छ। यस्तो अवस्थामा पनि 'हाम्रा नेता चोखा छन्' भन्दै अन्धभक्त बन्ने कि प्रश्न उठाउने?
सिके राउतले हिजो उठाएको "स्वतन्त्र/स्वायत्त मधेस" को मुद्दा र आज बालेन (बालेन्द्र शाह) ले "नेपालले पनि भारतको भूमि मिचेको छ" भनी संसद्मा उभिएर दिएको अभिव्यक्ति—यी दुई घटनालाई अलग-अलग राखेर हेर्न मिल्दैन।
संसद् जस्तो गरिमामय ठाउँमा, देशको कार्यकारी प्रमुख (प्रम) को हैसियतमा उभिएर "हामीले पनि अर्को देशको सिमा मिचेका छौं" भन्नु विश्व इतिहासमै विरलै देखिने आत्मघाती र लज्जास्पद दृश्य हो। संसारको कुनै पनि देशको नेताले आफ्नो राष्ट्रिय स्वार्थ र सार्वभौमिकता विरुद्ध यसरी अन्तर्राष्ट्रिय मञ्च वा संसद्मा बोलेको उदाहरण भेटिँदैन।
यसको अर्थ के त?
पर्दापछाडिको दृश्य हेर्दा लाग्छ—यी दुवै पात्रहरू कतै एउटै अदृश्य शक्ति वा "स्क्रिप्ट" बाट त चलिरहेका छैनन्? एउटै ठुलो रणनीतिक खेलका लागि यी खेलाडीहरू फरक-फरक समयमा उत्पादन गरिएका हुन् कि भन्ने बलियो आशङ्का जन्मिन्छ। जब एउटा गोटी वा एउटा रणनीति (जस्तै: मधेस केन्द्रित राजनीति) बाट सोचेजस्तो परिणाम आउन छाड्छ, तब आम जनताको सेन्टिमेन्ट जित्न अलि फरक, नयाँ र विद्रोही जस्तो देखिने "नयाँ खेलाडी" मैदानमा उतारिन्छ। बाहिरी रूपमा उनीहरूको एजेन्डा र शैली फरक देखिए पनि अन्तिम उद्देश्य एउटै केन्द्रबाट निर्देशित भएको हुन सक्छ।
नेपाल जस्तो रणनीतिक रूपमा संवेदनशील देशमा:
१. जनताको असन्तुष्टिलाई 'डाइभर्ट' गर्न नयाँ अनुहारको प्रयोग गरिन्छ।
२. राष्ट्रवादको नयाँ परिभाषा भित्र्याएर स्थापित नजिर र ऐतिहासिक तथ्यहरूलाई गिजोलिन्छ।
३. द्वन्द्व र अस्थिरताको नयाँ रूप सिर्जना गरेर बाह्य शक्तिहरूले आफ्नो स्वार्थ अनुकूलको वातावरण बनाइराख्छन्।
हामी "नयाँ र परिवर्तन" को नाममा कतै अझ ठुलो भू-राजनीतिक चक्रव्यूहमा त फस्दै छैनौं?
राष्ट्रवाद र विद्रोहको आवरणभित्र लुकेको यो गहिरो खेललाई बुझ्न जरुरी छ।
तपाईँको विचारमा यो विश्लेषण कत्तिको सान्दर्भिक छ?
#PoliticalAnalysis #GeoPoliticsNepal #BalenShah #CKRaut #NepalPolitics #ContemporaryIssues #TejBinod
"अरू नेता राजनीतिको ढोका खोल्न भारत आएका थिए, म चाहिँ समृद्धिको ढोका खोल्न भारत आएँ।" — रवि लामिछाने
लामिछानेको यस दाबीलाई केलाउने हो भने एउटा गम्भीर प्रश्न उठ्छ: के नेपालको राजनीति र विकासको साँचो सधैँ भारतीय नेताहरूकै हातमा हुनुपर्ने हो? यदि हरेक परिवर्तन र समृद्धिको लागि छिमेकीकै ढोका ढकढक्याउनुपर्ने हो भने, हाम्रा शासकहरूको भूमिका नीति निर्माणमा भन्दा बढी भ्रष्टाचार र कुशासनमा मात्र सीमित भएको हो भन्ने भाष्यलाई यसले बल पुर्याउँछ।
मलाई प्रमले “नेपालले भारतको भूमी अतिक्रमण गरेको छ” भने भनेर अचम्म लागेको छैन।
किनकी हामीले हिजै देखि देखिएको छ, यो नाटक जस्तै “स्कृप्डेट” चलि रहेको छ। भोली के हुन्छ बर्षौ पहिले देखि लेखिएको छ। जे लेखिएको छ त्यहि हुन्छ। न जोन्जीले सिंहदरबार जलाएका थिए, न जोन्जीले जेल तोडेर पुर्व पत्रकार निकालेका थिए - सबै स्क्रिप्टले गरेको हो।
यति मात्रै होइन, कुनै दिन प्रमले “होइन नेपाल त खास भारत कै रहेछ, हाम्रा पुर्खाले भारतबाट खोसेका रहेछन्” भने भने पनि संसदमा टेबल बज्ने छ, सामाजिक संजालमा सपोर्टको नारा लाग्नेछ।
हामीले अचम्म मानिरहन पर्दैन।
#tejbinod #हास्यास्पद_नेपाल #गाली_गलौज_विश्वविद्यालय #balen
@Tejbinod हिजो प्रधानमन्त्री बालेन्द्र साहले रोस्ट्रममा उभिएर सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणहिन अभिव्यक्ति दिएर यो देशको स्वाभिनान गिराउदै भारतको घैंटोमा सक्दो घाम लगाउन खोजे,
रास्वपाका दरणदास- खराने मान्यहरु वारे भगवान वा....भन्दै लजपचाउदै ताली पिटे!!