प्रिय जून!
तिम्रो मामिलामा म अलि बढी नै सिरियस थिएँ,
सोच्थें— तिमी केवल मेरै लागि उदाएकी हौ।
बल्ल थाहा पाएँ,
उदाउनु र अस्ताउनु त तिम्रो दिनचर्या पो रहेछ!
म पागल, उसै.............
कहाँ पोखिनु भयो त्यसले धेरै फरक पार्छ ।
भाडामा पोखिनु भयो -ठिक छ ।
यदि भुइँमा पोखिनु भयो भने सकियो।
मित्र त्यसकारण
ठाउँमा पोखिनु परो।
ता की टिप्नेले पनि आ .... नभनुन्।
देख्नेले पनि ह्या.... नभनुन्।
रामलाई मारिचिले भ्रमित गर्न सक्यो तर कृष्णलाई पूतनाको ममताले पनि उल्झाउन सकेन। राम आफ्नो भाईलाई मूर्छित भएको देखेर आफू समालिन सकेनन तर कृष्ण अभिमन्युलाई खतरनाक चक्रव्युहमा पठाउन समेत पछि परेनन । राम राजा हो, कृष्ण राजनीति..राम रण हो कृष्ण रणनीति...
जो सुकै आएपनी जसको सरकार बने पनि नेपाल समृद्ध बन्छ भन्नू सपना हो। बालेन्द्र होइन देवराज इन्द्रै आए पनि नेपालमा हुने वाला केही छैन । जबसम्म भारत टुक्रा टुक्रामा विभाजित हुँदैन चीन तिब्बत अलग हुदैन तब सम्म नेपाल यहि अबस्थामा रहन्छ।खासै परिवर्तन रहदैन ।
चुनावमा उम्मेदवारहरुले गरेको खर्च विवरण हेर्दा लाग्छ अन्तिमको एउटा जिरो हटाएर पेश गरिरहेका छन जस्तो ।चुनावमा देखिएको तडकभडक अनुसारको खर्च मिलन जस्तो लाग्यो।
आम नेपालीलाई डर छ । स्वाभिमान गुम्ने डर , राष्ट्रियता गुम्ने डर।
यसपाली काङ्ग्रेस ,एमाले ,माओवादी को ढ्वाङ्ग रित्तो भयो जनताले भोट पोखेनन ।
चुपचाप घन्टी छप को नारा लाग्यो।भए भरको आशा विश्वास भरोषा सबै घण्टी छापमै ओइरियो। यस्तो स्थिती बन्यो घण्टी छापमा भैंसी उठाएको भए पनि जिथ्यो।
१६५ मध्ये १६४ क्षेत्रको कथा बुझें तर चितवन क्षेत्र नम्बर ३ को व्यथा थाहा पाउन सकिन।
एउटा प्रश्न मनमा खेलिरहेको छ।
१.त्यहाँ रेणु दाहालले हार्नु पर्ने कारण के ?
नेपालको चार धाम मध्ये एक रुरु क्षेत्र जाने , घुम्ने र हृषिकेष भगवानको दर्शन गर्ने अवसर मिल्यो। यो क्षेत्र पाल्पा, स्याङ्जा र गुल्मी तिनवटा जिल्लाको सङ्गम रहेछ।