बाबा, केही समय प्रतिक्षा गर्नुस् है
हजुरले प्रदेशमा बगाएको पसिनाको मुल्य म चुक्ता गर्नेछु
अनि म पनि बाबाको मुहार हेर्ने दिन धुमधामले मनाउने छु
बिन्ती बाबा, हजुरले म माथि भरोसा राखिराख्नु है
कुशेऔँसी लाग्यो रे!
शब्द रचना:-समीक्षा राई
लाग्दैन शयन नसुनी कथा आमाको काखैमा
झस्किन्छ आत्मा सम्झिन्छु रुँदै मधेरी रातैमा ।
दैत्यकै शासन रैछ र अट्न सकिन देशैमा
कालैले जुरायो भाग्यले बनायो चल्दैछु यसैमा
निस्यालो मुहार गनेर दिन फर्कने आसमा
बाँचे त जहाँज फर्कन्छु घर मरे त बाकसमा
शब्द रचना:- दिनेश थापा
परदेशी
छुटाउन रैछ मलाई आज पैसाले सुर्यायो
नवीन मुलुक छोडेर सदन बैँसले पुर्यायो
बनेर दासी बाँडेर तन जमर्को धनको
सकिन बुझ्न के छ अभिलाषा बन्धकी मनको ।
झ-झल्को आउनी गाँसैको त्यो पस्केको आमैले
एकान्त भान्सा के खान्छस् कान्छा सोधेन कसैले
क्रमशः
चियाको तातो -
कप हातमा लिएर
भविष्यको
क्षितिजमा हामी भेटिने छौं,
तिमी र म, दुई आत्माहरू,
चियाका कपजस्तै
न्यानो संवादमा बाँधिनेछौ
टेबलको दुई किनारमा बसेर,
आँखाहरूमा मुक संगीत-
गुञ्जिरहनेछ,
भबिष्यको क्षितिजमा,
जब हामी छिट्टै -
भेट्नेछौं, एउटा अनन्त प्रतिक्षा ......♥
केहि ठिक नहुनु पनि त ठिक रहेछ
थाह हुन्छ को आफ्नो नजिक रहेछ
भुल्नै नसक्ने याद दिएर गयौ तिमी
त्यो हाम्रो भेटघाट आकस्मिक रहेछ
भन्छन् रे अति गर्दा पनि हार मान्दैन
यो मान्छे त साँच्चिकै निर्भीक रहेछ
मायले आँशू मात्रै दियो जिन्दगीभर
प्रेममा खुसि मात्रै काल्पनिक रहेछ