I’m a person who sees the bright side of everything. I like of activities,sights, and experiences. I enjoy talking and listening as well as reading and writing.
गृहमन्त्री रवि लामिछानेसंग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कार्वाई नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा 'विवरण फरक परेको'भनी कार्यकक्षबाट पक्रेने! के मन्त्री र अरूका लागि फरक-फरक कानून छ?
#
कान्तिपुर दैनिक मैले हाल बोकेको एजेण्डाको सदा कडा बिपक्षमा रह्यो।
अहिलेको चरम राजनीतिक विकृतिका लागि कान्तिपुर लगायत यो व्यवस्थाको जोडदाररूपमा पूर्वाग्रहपूर्ण बचाऊ गर्ने अन्य मिडिया र नागरिक समाजको ठूलो भुमिका छ।
तसर्थ मैले बारम्बार भन्ने गरेको छु: पूर्वाग्रहपूर्ण पत्रकारिता र नागरिक समाज देशका लागि दिर्घकालमा भ्रष्ट राजनीति भन्दा पनि घातक हुन्छ।
तर मेरो विचार मिलेन भन्दैमा कुनै पनि हालतमा म प्रतिशोधपूर्ण या पूर्वाग्रहपूर्ण टिप्पणी गर्दिन। मेरो ब्रम्हले मलाई त्यसो गर्न दिँदैन।
जसले जति गाली गरे पनि फेरी भन्छु: सत्य आफ्नो ठाऊँमा छ तर कैलाश सिरोहियाको गिरफ्तारी सुशासनको खोजी थिएन, प्रतिशोधको ज्वाला थियो। राजनीतिकर्मी कहिले पनि प्रतिशोधको भावनाबाट प्रेरित हुनु हुँदैन।
यो पनि भन्छु: जसरी कैलाश सिरोहियाबारे छानविन शुरू भयो त्यसैगरी ठगी, जालसाजी, भ्रष्टाचार र कानुनको उल्लंघनमा रवी लामिछाने लगायत सबै आरोपिमाथि छानविन हुनुपर्छ।
कानुन सबैलाई लाग्नुपर्छ।
जबसम्म नेताहरुका चरित्रमा गुरत्वाकर्षण झैँ "कुर्स्याकर्षण" हावि भईरहन्छ तब सम्म सरकार, मन्त्री, संसद, सांसद, कर्मचारी यस्तै शोध र प्रतोशोधको खेलमा अभ्यस्त भईरहन्छन्। कोही खेल्ने, कोही खेलाउने, कोही रेफ्री। अनि कोही हामी जस्ता प्रतक्षदर्शी जसलाई मिहिन ढङ्गले हेक्का हुँदैछ देश त्यसै नबनेको होईन नबनाईएको रहेछ। नियतबस् !!
प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ।
म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो। आफुमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन - हेक्का रहोस्।