तारा गन्दै वितेकाे रात कसरि भुलु खै
बादल बिनाकाे बर्षात कसरि भुलु खै
माथि हेर्दा सधै आकास देख्छु आजकल
कपालमा खेलिरहने हात कसरि भुलु खै
अव त फुलवारि ,फुलवारि हुनै सकेन
नफुलि झर्ने फुलकाे औकात कसरि भुलु खै
समयले अन्तिम पानाकाे मात्र कुरा गर्छ
मेराे कथाहरूकाे सुरूवात कसरि भुलु खै
देशमा सवैभन्दा ठुलाे समस्या भनेकाे गुणस्तरिय शिक्षा,स्वास्थ्य,भाैतिक,निर्माण,यातायत,पानि,
विजुलि आदि कुराहरूकाे छ यस्ताे अवस्थामापनि गृह नै नभई नहुने कुराेचाहि के रहेछ? जिज्ञासा
सरकारि स्कुल किन नसुध्रिएकाे रहेछन् भनेकाे त वल्ल आफु व्यवस्थापन समितिकाे अध्यक्ष भएपछि चाल पाईयाे ।सवै नेपालिलाई एक चाेटि अध्यक्ष हुने अवसर प्राप्त हाेस्
जंगल कटेपछि वल्ल पाे घर आउछ
शहर आउनलाई थाेरै समथर आउछ
जिन्दगि सम्ममा पनि पाउ दु्ख्छ भन्छ
अझै चढनुपर्ने कति धेरै शिखर आउछ
मैले वुझेर नै काधमा वाेकेर हिडेकाे थिए
थाहा थियाे पाईला पाईलामा पत्थर आउछ
एकछिन नजिक नभएकै राम्राे जवानिमा
थाम्नै नसक्नेगरि जवानि कै रहर आउछ
हरेकचाेटि माफगर्छु अन्जान सम्झिएर
खेल्नेले खेलिरहन्छन् मैदान सम्झिएर
अव एउटामात्र साईनाे वाकि छ उसग
त्याेे पनि बिर्सनु छ, अपमान सम्झिएर
प्रलयकाे पर्खाईमा चुपचाप छ याे शहर
मस्त निदाईरहेकाे छ भगवान् सम्झिएर
वादलले भत्काएकाे सपनाहरू वटुल्दै
अवश्य पछुताउने छाै मुस्कान सम्झिएर