***नीति कथा***
ज्योतिष, व्याकरणशास्त्री र तर्कशास्त्री गरी तीन जनाको समूह यात्रामा निस्के। त्यो बेला कुनै यातायातका साधन थिएनन्, पैदल यात्रा नै थियो। बाटोमा होटल–रिजोर्ट हुँदैनथे। पाटी–पौवामा नै बास बस्नुपर्थ्यो। खानाका लागि दाल–चामल, भाँडा–कुँडा पनि यात्रु आफैंले बोकेर हिँड्नुपर्थ्यो।
पहिलो दिनको यात्रापछि उनीहरू बास बस्ने पाटीमा पुगे। अब खाना पकाउनका लागि नजिकैबाट खोजखाज गरी दाउरा जम्मा गरियो। पाटीमा बास बस्नेहरूले प्रयोग गर्ने २–४ वटा चुला पनि थिए।
चुलातिर हेर्दै तर्कशास्त्रीले भन्यो,
“साथी हो, खानाको शुद्धता र पौष्टिकताका लागि चुलो शुद्ध र शुभ ठाउँमा हुनुपर्छ है! यो पाटीमा बस्ने पहिलेका बटुवाहरूले यो कुरा विचार गरेरै यी चुला बनाएका हुन् कि होइनन्?”
ज्योतिषले तुरुन्तै थप्यो,
“शुद्ध र शुभ ठाउँ पत्ता लगाउने कुरा सजिलै सबैले कहाँ गर्न सक्छन् र! मलाई त विश्वास छैन।”
त्यसपछि चुलोको उपयुक्त स्थान पत्ता लगाउने जिम्मा ज्योतिषलाई दिइयो। उनले पात्रो पल्टाउँदै पाटीबाट कुन दिशा, कति दूरी, कस्तो ठाउँ? सबै कुराको हिसाब निकाले, र “लौ, यहाँबाट यतातिर यति हात, यति बित्ता, यति औंलाको दूरीमा परेको ठाउँ उत्तम छ”
भनेर निष्कर्ष सुनाए।
नापजाँच गरी त्यही ठाउँमा ढुङ्गा राखेर चुलो बनाइयो। तर त्यो ठाउँ त पानी जम्ने, चिसो र ओसिलो थियो। ज्योतिषको हिसाबले आएको ठाउँ भएकाले तलमाथि गर्ने कुरा भएन।
दिनभरको थकाइ र भोकले उनीहरू लखतरान थिए। दाउरामा आगो सल्काएर डेक्चीमा चामल बसाए। तर चुलो ओसिलो भएकाले सल्केको आगो पटक–पटक निभ्थ्यो। फु–फु गरेर मुस्किलले मधुरो आगो जोगाइरहे।
भोकले गर्दा पेटमा मुसा दौडिरहेका थिए, तर डेक्चीको भात पाक्ने सुरसार थिएन। धेरै पछि बल्ल–बल्ल भात छड्किन थाल्यो। मधुरो आगो भएकाले भात छड्किने ढंग अस्वाभाविक थियो, आवाज पनि अचम्मकै लाग्थ्यो।
व्याकरणशास्त्री ध्वनिविद्याका पारंगत थिए। उनले तुरुन्तै टिप्पणी गरे,
“ओहो, यो भात छड्किँदा निस्केको आवाज स्वाभाविक छैन है मित्रहरू। शुभकार्यमा यस्तो ध्वनिलाई शुद्ध मानिँदैन।”
अब तर्कशास्त्री बोले,
“यदि कुरा त्यस्तै हो भने तार्किक हिसाबले अशुद्ध ध्वनि निस्केर पाकेको भोजन ग्रहण गर्दा शुभ परिणाम आउँदैन।”
तीनै जनाको बिमर्शपछि त्यो पाक्दै गरेको भात खान नमिल्ने निष्कर्ष निकालियो। अन्ततः डेक्ची घोप्ट्याएर तीनै जना ‘विद्वान’ यात्री भोकै सुते।
👉 सन्देश:
ज्ञान र विद्या उपयोगी भए पनि, व्यवहारिक र वास्तविकतासँग जोडिन नसक्ने विद्वत्ता घातक बन्न सक्छ। विद्या–बुद्धि सधैं जीवन-जगतसँग जोडेर, व्यवहारिक तरिकाले प्रयोग गर्नुपर्छ।
सन्दर्भ: जेन-जी आन्दोलन र निकास
स्रोत: कतै पढेको/सुनेको
The reason the government so insanely inefficient is that those in the government are spending your money on somebody else.
That’s why we should minimize how much the government does. It is simply a giant version of the DMV!
गणीतका विद्वान James Simons जिवनको दोस्रो कालखण्डमा वित्तिय बजारको विजिनेसमा प्रवेश गरे। थुप्रो पैसा कमाए। यो कमाई रिसर्चमा खर्च गर्ने गरी फाउन्डेसन खोलेर समाज मै फर्काए।
यहि May 10 मा परलोक भएका J Simons को छोटो प्रेरणादायी जिवन कथा!
I have approximate answers and possible beliefs and different degrees of certainty about different things, but I'm not absolutely sure about anything. And there are many things I don't know anything about. It doesn't frighten me!
The World's Largest Donation
The 93-year-old Ruth Gottesman, a professor at the College of Medicine Bronx-New York made donation of $ 1 Billion to the school, making free tuition available to all students going forward.
https://t.co/UBkHI0e1Z9
बिहानै कामले बालकोटबाट जडिबुटी तर्फ जान घरबाट निस्किए। बालकोट हुँदै कलंकी जाने गाडिमा के चढेको थिए। गाडिमा चढ्नासाथ नमस्ते शुभ विहानी भन्ने आवाज आयो। हरेक यात्रुलाई चढ्नासाथ नमस्कार र झर्ने बेलामा यहाँको दिन शुभ रहोस् भन्दै चक्लेट दिएर कामना गरिरहेका उनी हुन प्रेम बहादुर लामा " लब गुरु "। बिगत २३ बर्षदेखी चालकको रुपमा उनी गाडी चलाईरहेका छन। गाडिबाट अनावश्यक फोहोर सडकमा फाल्ने प्रथालाई अन्त्य गर्न उनले आफ्नो गाडिका विभिन्न ठाउँमा सानो डोको राख्दै लेखेका छन् "लब गुरुको गाडिमा फोहोर डोकोमा।"
Pic & Story. Suresh Timalsina