यही प्रयोगको परिणामस्वरूप ऊ एक दिन पृथ्वीमा मानिसका रूपमा जन्मियो, त्यही ��ानिस जसले आफु मात्रै सहि र अरुसबै मानिस गलत बाटोमा छन भन्ने सोच्थ्यो र संसारलाई अर्थहीन देख्थ्यो ।जब कुनै मानिसले संसारलाई निरर्थक ठानेर पनि प्रेम गर्न छोड्दैन त्यही क्षण सेतो हात्ती फेरि सपना देख्न थाल्छ ।
अलौकिक यात्रा (3/24)
उसलाई गन्तव्य थाहा थिएन, ऊ त अस्तित्वलाई आफैँबाट बचाउने प्रयास गरिरहेको थियो किनकि उसले बुझेको थियो जहाँ प्रेम हुन्छ, त्यहाँ म र तिमी बीचको दूरी घट्छ । जहाँ दूरी घट्छ, त्यहाँ समय कमजोर हुन्छ । जहाँ समय कमजोर हुन्छ, त्यहाँ जन्म र मृत्युको चक्र भत्कन थाल्छ ...
चेतनाका विविध आयाम��रू पार गर्यो जति धेरै उत्तरहरू भेटिए त्यति नै प्रश्न गहिरिँदै गयो जति धेरै उनीहरूले सत्य खोजे त्यति नै एउटा रहस्य उनीहरूबाट टाढिँदै गयो ।अन्तत उसले एउटा प्रयोग आरम्भ गर्यो उसले आफ्नो सम्पूर्ण स्मृति मेटाएर सीमित प्राणीको रूपमा जीवन अनुभव गर्ने निर्णय गर्यो.
जुन अहिले पनि पृथ्वीमा घुमिरहेको छ । ती विस्तारै अस्थित्वको अन्तिम बिन्दुमा जाँदै छन जुन दिन उनीहरूको जन्म हुनेछ, त्यही दिन उनीहरूको अस्तित्व सकिनेछ । तब मात्र महाभारतको त्यो अन्तिम पङ्क्ति खाली हुनेछ ।
सेता हात्तिहरू (2/24)
महाभारतक�� युद्ध हुनुभन्दा मात्र केहि दिन अगाडि कुरुक्षेत्रको अन्तिम पङ्क्ति र बाहिरी कवचमा एक अदृश्य शक्तिका रुपमा राखिएका सेता हात्तीहरू युद्धमा सहभागी नहुने कुराले पाण्डवहरूको शिविरमा सन्नाटा छाएको थियो।
तर अहिले ती कहाँ छन?
उनीहरू अहिले पनि यहीँ छन् हाम्रो नै समयको पछाडितिर, मौन शान्तिका सेना बनेर मूर्ति जस्तै स्थिर, हावा जस्तै वि��्यमान यतैकतै छन हिमालको कन्दरामा, जहाँ समय सुई रोकिएजस्तो हुन्छ, कहिलेकाहीँ सेतो धुवाँ बग्छ त्यो धुवाँ होइन, ती हात्तीहरूको बाल्यकालको सपना हो,
समकालीकता (1/24)
सुन्ने सामर्थ्य राख्नेहरुका लागि ब्रह्माण्ड हरबखत बोल्छ । त्यो दृश्यकै बाटो भएर आउछ भन्ने छैन कहिलेकहीँ अदृश्य नै सहि । चित्रको रुपमा, अंकको रुपमा, किताबको रुपमा, जनावर, पत्थर, शब्द, प्रकृति, मानव,केटाकेटि आदिको रुपमा बोल्छ ब्राह्मण ।
Theory of Relativity अनुसार एउटै घटना फरक व्यक्तिले फरक स���यमा देख्न सक्छ अर्थात एउटै समयमा भएको घटना सबैका लागि एउटै हुँदैन । सारा ब्रह्माण्डका लागि एउटै अहिले हुँदैन Universal अहिले (Now) भन्ने कुनै एक समय छैन किनकि फरक गति (velocity) भएका मानिसहरूको समय मापन फरक हुन्छ ।