दुई शेर
खै कहाँ लेखेको छ भाग्य ? यो निधारमा लेखेको छैन
दुनियाँले हाँसेको देखेको छ आँसु देखेको छैन !!
अस्पताल नै अस्पताल बनेको छ भन्छ सरकार
त्यैपनि यो मनले उपचार गर्ने सैया भेटेको छैन !!
रहर
र
बाध्यता बिच
युद्द चलिरहन्छ
बाध्यताहरु हार्न जान्दैनन्
तर
रहरहरु हार्न सिपालु भैसके ।
त्यैपनि
उसलाइ खेद छैन
किनकी
उसलाई विकल्पको आड छ
उ विकल्पहरुले धानिएको छ।
.
...