गरिबप्रति सत्ता क्रूर हुनु, अहिलेको समयमा आम भएको छ । बाटो छेउ बेच्न बसेको दुई मुठा साग वृद्ध आमाको पोल्टाबाट सत्ताले जफत गर्छ । वर्षमा एक पटक फल्ने एक डालो काफल बेच्न पुगेकी महिलाको काफल भुईँभरि पोखिदिएर सत्ता खित्–खित् हाँस्छ कानुनी व्यवस्था कायम गरेकोमा
https://t.co/PEUUR0wJVR
तिमीले देखेका थियौ
सत्ताको पाँच गाउँ
र माग्यौ-पाएनौ।
तिमीले देखेको थियौ
जग्मगाउँदो सिंहासन
र लोभियौ-पाएनौ।
क्षमताको राग अलाप्यौ-
पाखुराको बल
खुट्टाको तागत
आँखाको दृष्टि
युद्धको पराक्रम..
तर हेर त!
सत्तामा उही अन्धो छ।
नतिल्मिलाउनु
धृतराष्ट्रसँग
फगत आँखा थिएन
तर दिमाग थियो।
☺️
एकलाश
कोठरिको अध्यारोले
जब मनमा चलाउदछ हुन्डरि
म निस्किन्छु स्वाट्ट
यी गल्लिहरुमा
र हिड्छु पाईलाहरुको गिन्ती गर्दै
यी गल्लिमा
तिम्रा महक छन
तिम्रा सम्झना छन
प्रिय
तिम्रा यादहरु तिम्रै होलान
लैजाऊ फिर्ता
तर यी गल्लिहरु मेरा हुन
म हिडिरहन्छु तिमिलाई नभुलेसम्म !
#शुभसाझँ🌅🌸
समर्पण बिनाको प्रेम पनि के प्रेम ?
मध्य रातमा पनि उसैको यादमा छाती चर्कियोस्, मुटु दुःखोस् , रुँदा रुँदै कन्ठ सुकोस् ,
आँखामा समुन्द्र होस् ,
उसको नामको तड्पनले_
जिन्दगी जिउँन मुस्किल बनाओस् !
र पो प्रेम गरेको मज्जा आउँछ !
“क्षितिजपारि एकनासले टोलाउँदै गर्दा मनमा अनगिन्ती भावनाहरू उम्लन्छन्। लाग्छ, क्षितिज जस्तै जीवन पनि भ्रममात्र हो,पुग्छु भनेर दौडिरहँदा, अन्ततः सकिँदै जान्छ।”
दु:खले सिकाउँछ-
काँडाको महत्व
यात्राले सिकाउँछ-
भिर र समथरको फरक
प्रेमले सिकाउँछ-
सम्बन्धलाई बचाइराख्न
सपनाले सिकाउँछ-
जीवनको मूल्य
जीवनभन्दा ठूलो गुरू
को छ र संसारमा?
तिमीले याद नगरेपनि
छेउमै छु म,हरेक पलमा
तिमी हाँस्दा,म टाढाबाट हेर्छु
तिमी रूँदा,मौनै रहन्छु।
तिमीलाई मन पर्छ नीलो आकाश
म तिम्रो लागि बादल बनेर ढाकिन तयार छु
तिमी नबोले पनि
तर म हरेक मौनताको अर्थ बुझ्छु👇🏼
तुम्हें डर है
हजार साल पुराना है उनका गुस्सा
हजार साल पुरानी है उनकी नफरत
मैं तो सिर्फ
उनके बिखरे हुए शब्दों को
लय और तुक के साथ लौटा रहा हूँ
मगर तुम्हें डर है कि
आग भडका रहा हूँ..!
(कवि गोरख पाण्डेय)
मूल्यको मूल्य✍️
जस्ले तिम्रो कदर गर्दैन उसलाई छाडिदेउ गुनासो बोकेर सम्बन्ध तोड के तपाईंले यो माग्न पछि प्राप्त गर्नुभएको छ? माया सम्मान वा सहानुभूति?
भिख मागेर रोटी मिल्छ तर मनको माया पाउँदैन । बलपूर्वक अपनाएर
इच्छा कहिल्यै पूरा हुँदैन।
धेरै कुरा अधुरा छन् जिन्दगीमा, लेखिरहेको कथा अधुरै छ, केहि कबिताहरु अधुरै छन् , केहि सपनाहरु अधुरै छन्, खै किन मलाई केहि पनि कुराको अन्त्य गर्न निक्कै समय लाग्छ सायद जिन्दगीको अन्त्य पछि पनि अधुरै रहने छन् । म शुरुवात गर्छु अन्त्य गर्न सक्दिन । ♥
यि भावनाहरू अनौठा हुन्छन समय भन्दा धेरै अझ भनौ भने प्रकाशको गति भन्दा पनि हजार गुणा छिटो परिवर्तन भईरहन्छन तर कसैप्रतिका भावना कयौ यस्ता हुन्छन जति चाहेर पनि कहिल्यै परिवर्तन हुदैनन।✍️
गहभरि अडिएका थोपा
झर्न नदिई त्यहीँ अडाएँ,
डायरी झिकेँ
र ती अश्रुलाई
अक्षर बनाएर पोखिदिएँ ।
अक्षर अक्षर समेटी
तिनलाई एउटा आकार दिएँ र
आँखालाई पढाएँ।
अनि आँखा मुस्कुराइदिए..
म त्यही मुस्कानको लागि
आफ्ना हरेक परिस्थिति
लेख्न मन पराउँछु।
✍️🌼
#शुभ_प्रभात
महिलाका समस्या आजपनि यथावत् रहेको कारण यो उत्सवमा सीमित गर्ने उत्सवमय पर्व होइन! सामूहिक मुक्तिको निम्ति लड्न प्रेरित गर्ने,सङ्घर्षको उद्घोष गर्ने दिन हो!
आठ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सबैमा शुभकामना !
हाम्रो बाटोमा सङ्घर्ष नै एकमात्र निर्विकल्प विकल्प हो !