मृत्यु नै अन्तिम सत्य हो—
जुन दिन आउँछ, त्यो दिन टार्न सकिँदैन,
र जुन दिन आउँदैन, त्यो दिन मृत्यु कहिल्यै आउँदैन।
त्यसैले, मृत्युको डरमा होइन,
बाँचिरहेको प्रत्येक क्षणलाई अर्थपूर्ण बनाउन सिकौँ।
नावालिक ,अशक्त ,बृद्द लाइ बलत्कार गर्ने हरु पशु हुन ,तिनिहरुको बारेमा केहि भन्नु छैन सिधै फासि होस। अरु माथि हातपत गर्ने ,अरुलाइ जथाभाबि मुख छाड्ने जो सुकै होस त्यो मरेको लास हो ,आफुलाइ जिउदो सम्झिन्छ।आफु नाङ्गिएर अरुलाइ नाङ्गो देख्नेहरु पागल हुन।
पानी पर्न रोकिएपछि छाता सबैका लागि बोझ नै बन्छ। मान्छेबीचको सम्बन्ध पनि यस्तै भइदिन्छ। फाइदा सकिएपछि अर्को मान्छे बोझ लाग्न थाल्छ र उसको इमान्दारिता पनि समाप्त भइदिन्छ। 🙏
अब नजिक आउँदा पनि मन डराउँछ मान्छेसँग,
एक चोटिले जिन्दगीभर, सावधान गर्यौ साथी।
तिम्रो धोका सम्झँदा आज पनि मन रुन्छ,
साथी बनेर जिन्दगीमा, के सौगात गर्यौ साथी।
@BimalSalyan “झोला होइन, सोच बोकौँ। भीड होइन, सत्य पछ्याऔँ। आफ्नो मतलाई खेलौना होइन, जिम्मेवारी सम्झेर प्रयोग गरौँ , किनकि आजको निर्णयले नै भोलिको देश बनाउँछ।”🔔🛎️🙌🏻💪❤️🇳🇵