काठमाडौँको Grande Hospital मा भोलि साउन २४ गतेका लागि O- Negative २ पोका रगत ६९ वर्षीय महीलालाई अति आवश्यक भएको हुँदा O-Negative blood हुनेले ९८२४१४७२८९ मा शीघ्र सम्पर्क गरी सहयोग गरिदिनु भयो भने ठूलो धर्म हुनेछ!
यो सन्देश retweet गरिदिनुभयो भने अत्यन्त आभारी हुनेछु।
हिजो पेट्रोलको दाम बढ्दा सरकारले बढायो रे, अहिले दाम बढ्दा ओयल निगमले बढायो रे।
हिजो मान्छे मर्दा ओलीले, लेखकले हत्या गरे रे, अहिले गोली चल्दा चैं प्रहरीले गोली चलाए रे।
यस्तो भन्न सक्नु चैं के तान्नुपर्छ?
प्रम र गृहमन्त्री सर्वदलीय बैठकमा नजानु उनको राजनीतिक मान्यता,स्वभाव र उदयका आधारका दृष्टिले दुखद विषय नै हैन।ती त मशान जाग्नेबेला बिउँझन्छन अनि स्टाटसमा साक्षात्कार हुन्छन।र,अर्को होटल र नाकामा छापा मार्दा धम्काउदै गर्जेको देखिन्छ।दुःखको कुरा सभापति आफ्नै सत्ता निरिह बन्नु हो।
उहिले उहिले राज्यसञ्चालकहरूले यस्ता समस्या वा संकटका बेला 'राष्ट्रको नाममा सम्बोधन' शान्ति, धैर्य र सामाजिक सदभावको अपिल गर्थे।
आजकल मध्यरातमा फेसबुकको स्ट्याटस आउँछ। सरकार प्रमुख एउटो छ, अर्कोले सर्वदलीय बैठक बोलाउँछ।
प्रधानमन्त्री रवि लामिछाने हुन् कि बालेन्द्र शाह ?
सुनसरी घट्नापछि सरकार प्रमुखले गर्नुपर्ने प्राथमिक कार्यहरु प्रधानमन्त्री शाहबाट नभई सभापति लामिछानेबाट भइरहेको देखिन्छ — समयमै सद्भाव-सन्देश जारी गर्ने; सर्वदलीय बैठक डाक्ने; विपक्षी दलहरुसँग समन्वय गर्ने; संयुक्त वक्तव्य निकाल्ने; जनतालाई संयमका निम्ति आह्वान गर्ने; राष्ट्रपतिलाई ब्रिफ गर्ने आदि ।
यी काम रवि लामिछानेले गर्नु हुँदैनथ्यो मैले भनेको हैन । तर यस्तो असामान्य घडीमा प्रधानमन्त्रीले फेसबुकमा एउटा टिप्पणी लेख्नेबाहेक जुन स्तरको सक्रियता देखाउनु पर्थ्यो, आम नागरिकलाई जसरी ढाडस दिनुपर्थ्यो, अभिभावकत्व जसरी निर्वाह गर्नुपर्थ्यो — यी सबै आधारभूत दायित्वमा उनी चुकेका छन् ।
के उनले आफ्नो भूमिका आफैं खुम्च्याउँदै लगेको महसूस गरेका छन् ?
न हिजो लेखकले गोली चलाउन आदेश दिएका थिए न अहिले सुदनले फोन गरेर पुलिसलाई गोली हान्न भनेका थिए ।
गोली कहाँ र कस्तो अवस्थामा चलाउने भन्ने विषयमा हाम्रा सुरक्षाकर्मीलाई तालिमको जरुरी देखियो
भारतमा त्यति लामो जेनजी आन्दोलनमा समेत एउटा गोली चलेन
राम्रा कुरा सिकौं कमजोरी सुधारौं 🙏