भन्दा नमीठो सुनिएला,
तर प्रधानमन्त्री ज्यू, तपाईँ प्रधानमन्त्री नहुँदा तपाईँले घर खर्च के ले चलाउनु हुन्छ? तपाईले लगाउने कोट, गन्जी र कट्टुको स्रोत के हो? नागरिकलाई जान्ने अधिकार छ।
किनभने, स्पष्ट छ, सांसदको तलबले तपाईँको घर र तपाईँको परिवारको जीवन चल्दैन। राप्रपाको भ्रष्टाचार विरोधी सभामा मेरो मन्तव्य। (भिडियो सौजञ्य: OTVNepal)
अर्थमन्त्रीज्युले व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढ्नु भएको भएर नै होला,२ महिना लकडाउनमा राखेर, लकडाउनकै अवधिको ५ दिनको समय दिएर कर तिर्न हुकुम भएको !!
अनि कर तिर्ने कार्यालयमा लाममा बस्दा चाहिँ
कोरोना संक्रमणको डर नहुने रहेछ!!
विद्वान मन्त्रीले भने पछी पत्याउनै पर्यो!
देशको अहित हुने कुनै प्रकारको सन्धी सम्झौतामा सरकार अग्रसर हुनु घातक हुनसक्छ। कुनै पनि राष्ट्रिय महत्वको सन्धी सम्झौता गर्दा आम नागरिकको सुझाव पनि ग्राह्य हुनुपर्छ। राष्ट्रिय मुद्दामा सबै राजनैतिक दल एकसुत्रमा बाँधिनु अनिवार्य हुन्छ। आपसको द्वन्दले देशलाई अधोगति तर्फ लैजान सक्छ।
पश्चिम रूकुमको चौरजहारी, सोतीकी एक युवती र जाजरकोट रानागाउँका नवराज वि क बीच प्रेम विवाहको प्रयासका सिलसिलामा घटित घटना निन्दनीय छ ।यसको निष्पक्ष छानबीन र अनुसन्धान गरी दोषीलाई कार्वाई हुनुपर्छ ।राज्यले पीडित परिवारलाई उचित राहत र संरक्षण दिनुपर्छ ।
आफ्नो मातृभूमिको सम्पूर्ण भू-भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो। नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ।