न मेहनतले काम गर्न सकियो
न डुबेर प्रेम गर्न सकियो
कामको बखत प्रेम याद आयो
प्रेमको बेला काम याद आयो
अलिअलि काम गरियो
अलिअलि प्रेम गरियो
अलिअलि खाले जीवन बांचियो
ती मान्छे धेरै भाग्यशाली हुन
जो प्रेमलाई काम संम्झन्छन
वा आफ्नो काम संग प्रेम गर्दछन
हामीले त आफुलाई जीवनभरी व्यस्त भन्यौ
कामको बखत हामीलाई प्रेम याद आयो
प्रेमको बखत कामले सतायो
आखिरमा दिक्क लागेर
हामीले काम र प्रेम
दुबैलाई अधुरो छाडिदियौ ...
( फैज अहमद को भावनामा आधारित )
प्रधानमन्त्री ज्यू, कति च्वास्स च्वास्स घोचेर बस्नुहुन्छ? राष्ट्रपतिले नजरको इशारामा सदर गर्ने,कर्मचारीले घुंडा टेकेर अदब गर्ने र छिमेकीले मुस्कान सहित स्वागत गर्ने यस्तो ‘स्वर्ण घडी’मा माओवादी केन्द्र नामको पार्टीलाई सीधै प्रतिबन्ध लगाइदिए त टन्टै साफ हुन्छ नि! आंट छ भने गर्नोस।
छोराको उपचारपछि मित्रले मसित भने,“कस्ता डाक्टर हुन्? कहिले सामान्य देखिन्छन्, कहिले नमस्ते पनि फर्काउँदैनन्।” मैले भनेँ,“असामान्य रोगको उपचार गर्ने असामान्य मान्छे यस्तै हुन्छन्। उनीहरूको दिमाग सुन्दर कल्पनाले भन्दा रोगैरोगले सजाइएको हुन्छ।”
@RamaSinghNews
https://t.co/IxJezJc1BR