खुकुरी प्रहार गरि ९ जनाको बिभत्स हत्याको Live विवरण घटनास्थलबाट प्रमुख जिल्ला अधिकारीले दिदा शारिर काप्यो। दराज अनलाईन प्रयोग गरि दुख पाएका ब्यक्तीको कथाका साथमा ३ किलो सुन चोरहरुको बिषय सहितको आजको कार्यक्रम।
https://t.co/fgjKiqu8kS
मास्टर्स पढ्दै गरेका एक दृष्टिबिहिन साथी कपिल बि क ले काम गरेर खान्छु भन्दा जागिर पाएका छैनन्,एक बर्ष भो छोराछोरीको स्कुल फि नतिरेको।हेर्ने दर्शक मध्य कसैले पैसा दिएर होइन जागिर दिएर सहयोग गर्न सक्नुहुन्छ कि ?
https://t.co/fIxwHVmahr
पसिनाको कमाई माग्दा यसरी कुटिन्छ्न श्रमिकहरु,अनि हामी सुखी नेपाली समृद्धि नेपालको कुरा गर्छौ । उपराष्ट्रपति ज्यु लाई स्वागत गर्न चर्को घाममा लामबद्द बिद्यार्थी । तराईका जिल्लाहरुमा यसरी भैरहेको छ बिधुत चुहावट।यस्तै विषयमा आजको कार्यक्रम केन्द्रित छ ।
https://t.co/n1ORmxaEKu
रिमोट जनताको हातमा छ।उ आफुलाई मन लागेको रेडियो सुन्छ,पत्रीका पढ्छ,टि भि हेर्छ।बाकी बहस गरेर मन भुलाउन,चित्त बुझाउन, गिर्रर कीट कीट हुन,बिज्ञता छाट्न,यसो हो र उसो हो भन्न, एक अर्काको तुलना गर्न, स्वाद रहर र इच्छा अनुसार ब्रह्माण्ड भरिका उदाहरण दिन फुर्सद हुने सबैले पाउँछन्।
सञ्चारमाध्यमका लागि पाठक/श्राेता/दर्शकप्रतिकाे जिम्मेवारी र जववाफदेहिता सबैभन्दा ठुलाे कुरो। उनिहरुले अाफ्नाे ठानेसम्म कसैकाे केही लाग्दैन। मलेशियाकाे निजी क्षेत्रको सञ्चारमाध्यम मलेसियाकिन्नीलाई त्यहाको सरकारले लगाएको २ लाख रिङ्गेट हाराहारीको जरिवाना पब्लिकले उठाएर तिरिदिएका थिए
पत्रकारिता कसरी साईबर अपराध भयो?दर्ता भएको मिडियालाई दर्ता नै छैन भनेर पत्र लेख्ने प्रेस काउन्सिलका कारण पत्रकारका हातमा हतकडी लाग्यो। पत्रकार अर्जुनले भोग्नु परेको पीडाको हिसाब लगायत प्रेस काउन्सिलका अन्य "धेरै" हिसाब माग्ने कोहि छ र ?
https://t.co/9GcIV2dYBr
आज नेकपा अध्यक्ष प्रचण्ड बारे केही एकदमै सिधा कुरा गरेको छु। अर्को , आँखै अगाडि २३ हजार कुखुरा मरे,बर्ड फ्लूको शंका गर्दै ब्यवसायीले सरकारी निकाय गुहारे तर कोहि आएन।एउटा किसानको ३ करोड डुब्दैछ,फ्लूको संक्रमण फैलने डर छ तर क्या उदाशी।
https://t.co/jy91WopyOJ
कार्यक्रम हेर्ने दर्शकलाई नै लाज भो र उनले आफ्नै खर्चमा दिनको एक ट्याङ्कि पानी,पाटन अस्पतालमा दिन शुरु गरे। तर अस्पतालको यस्तो दुर्दशा कसले,कहिले ठिक गर्ने? बिना अनुमति भटाभट बन्दै गरेको अपार्टमेन्टबारे महानगर नै बेखबर! पत्याउने कुरा हो?
https://t.co/KQnct3JxaY
मौसम र प्राबिधिक पक्ष भन्दा उडान गर्ने यात्रुको हैसियत वा विशिष्टता हावी भयो कि? रबिन्द्र अधिकारी प्रती सच्चा श्रद्धाञ्जली दिने हो भने उनले घोषणा गरेका सबै काम उनले भने भन्दा अगावै सक्नु पर्छ। आज यसै सेरोफेरोमा केहि सिधा कुरा।
https://t.co/qIH0PilsDm
बिना कारण सक्कली भिषालाई नक्कली भनेर अध्यागमनले फर्काएका विद्यार्थी हाम्रो रिपोर्टिङ पछि साइप्रस गए।उस्तै डकुमेन्ट भएका कोहिलाई पठाउने कोहिलाई रोक्ने मेकानिजम् के हो अध्यागमनको?अर्का कार्यालय प्रमुख जाबो ४ हजार घुसको के कुरा गर्नु भन्ने टाईपको जवाफ दिदैछन
https://t.co/KS7soNE1AK
अदालत भित्रै ५ लाख दिएर बयान बदल्न दवाब,झोलामा हालिएको पैसा सुरक्षाकर्मीको अगाडि फिर्ता गर्दापनि कर्मचारी माथी छानबिन समेत भएन। हामी आफै चितवन पुगेर तयार पारिएको Exclusive Report सहितको Special Episode
https://t.co/lnp4zOITee
१६ वर्षमा सवारी लाईसेन्स पाईन्छ। तर दुर्घटना भए १८ नकटेसम्म सजायबाट बच्न सकिने कयौं उपाय रहेछन।एउटा दु:खद घटना जसमा बिना लाईसेन्सका चालकबाट एक जनाको निधन भयो। मृतककि आमाको आशु थामिने सम्भावना नै छैन।कस्तो नियम हो यो?
https://t.co/FMZhtZOOc1
आ-आफ्ना परिवारसङको अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना थिएन त्यसैले हाम्रो भोगाई र अरुको सोचाइ नमिल्न सक्छ।हामी यो निर्णयबाट एकदमै खुशी छौ।आज चाहिँ हामी सबैबाट एउटै कुरा चाहन्छौं,आशिर्वाद।
५० लाख खर्च गरेर बनाएको शौचालयको हालत हेर्नुहोला। मेयर साब सङको कुरा सुन्दा त शौचालय भन्दा धेरै राजनीति गनाएको महसुश हुनेछ।अनि बिना पर्मिट, बिना हेल्मेट ९ वटा चेक पोष्ट छ्लेर वर्दिमै आएका भारतीय प्रहरीलाईपनि हेर्नु होला।
https://t.co/VLFhshdvDG
१०४ वर्षको राणा शासन देखिएन तर सुनियो। अहिले न्यायालयमा देखिएको "राणा शासन" बारे सुनिदैछ र देख्ने खुब ईच्छा छ।एकै साथ ५ न्यायाधीश माथी छानबिन हुनु सामन्य आट होइन।प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाका एक पछि अर्का दमदार कदमले सकारात्मक संकेत गर्दैछन्।
https://t.co/k8qzrnEPmm
एउटा पुल बन्यो भने दुर्गमका लाखौ जनताले सुख पाउछन्। तर त्यही पुल बन्यो भने धेरै नेताले भोट माग्ने बहाना नै गुमाउछन। त्यसैले पुल बनेन र अझै धेरै वर्ष बन्दैन। पुलको राजनीति कस्तो गजबको।
https://t.co/5K9cUkdyRX