निलो आकाश बिचको कालो बादल मन पर्यो।
नाचुम नाचुम लाग्ने तालको मादल मन पर्यो।
छोडिदेउ लाली, पाउडर र लिबिस्टिक लाउन।
आखैँको डिलमा त्यो कालो गाजल मन पर्यो।
❣️आमा❣️❣️
मनमा पिडा हुँदा पनि तिमिले हांस्न सिकायौ।
बढी भएको कुरा फाल्न होइन साच्न सिकायौ।
तिम्रो गुनको त म बणन पनि गर्न सक्दिन।
सबै समस्याहरु अगाँलेर मलाई बाच्न सिकायौ।
ए नेता!!!!!!!!!!!!!!!!!!!!!!!!!
भस्ट्राचारमुखी त्यो तिम्रो सोच कहिले छोड्छौ।
देशको त्यो फुटेको संरचनाहरु कहिले जोड्छौ।
तिमिहरुलाई पदको भाग बन्डा मिलेन भन्दैमा।
देशको राजनीतिलाई किन क्रान्ती तिर मोड्छौ।
आन्दोलन भन्दै अरु तोडफोड त गरेउ गरेउ
तर त्यो बिरामी बोकेको गाडी किन तोड्छौ।
देश विकासको सट्टामा राजनतिको खेल आयो।
बल्ल तल्ल नेपालमा एउटा रेल आयो।
देशमा राम्रो काम गर्ने मानिसको कदर नै नभएपछि
देशमा भस्ट्राचार गर्ने मानिसको ठेलाठेल आयो।