आचार र विचारबिहिन हुनाले उताका गान्धीपुत्रहरू सोमरसप्र���य भएर बदनामीमै बिलाए। यताका वीपीपुत्रहरूको इतिहास फरक होला कि उस्तै होला, प्रकाश दाइ देखेरै शंका छ। शशांक दाइ, आफ्नो अभिष्टका लागि वीपीलाई थप कलङ्कित नगर्न अनुरोध! जनता वीपी रगतमा हैन, मगजमा चाहन्छन्!🙏
राज्य संचालन खर्च र पुरानो ऋणको सावाँ-ब्याज तिर्न नै थप २खर्ब ऋण लिनु पर्ने अनि पुरै ४ खर्बको पूँजीगत खर्च ऋणकै भर हुने आगामी लगभग यस्तो प्रकृतिको बजेटमा वाहवाह हुँदैछ। GDP र Loan कुन पहिला सय खर्ब पुग्ला, शंकै भो।😕
��तै अभाव छ, हामी उसैले पुग्दो मल बेच्नेमा ढुक्क छौँ; चिया निकासी उसैले रोक्यो, हामीलाई बाल; भान्सा महँगो भो, चिन्ता छैन; स्वास्थ्य बीमाको भुक्तानी अभावले जर्जर बनेका सरकारी अस्पताल श्रमको फैसलाले थलिँदैछन्, सरोकार छैन। सबै 'बाल' दिएर आपतको चाङमा रमाउने यो युफोरिया कहिलेसम्म हो?😕
जाबो ३८ जना बाट संसदियदलको नेता चुन्न नसक्ने माहान डेमोक्रेटीक पाटीले हामी फेरी बौरेर आर देश बनाउछौ भन्दा हो हो भन्नु पर्या छ ।
बिजोक छ यार @thapagk@bishwaprakash77 😜😂😂
गगन थापाले यो चुनाव हार्दै गर्दा अमरेश कुमारलाई बधाइ दिन सकिन। समयको यो आवेगप्रति म नि:शब्द छु। भेलसगैं बगेर आउने कसिंगरहरुको ब्यवस्थापन हुनसके गगनले हारे पनि देशले जितोस्। 🙏🙏😢😢
चितवन २ बाट रास्वपा सभापती रबि लामिछाने अत्याधिक मतले विजयी 🏆
झापा ५ बाट एमाले अध्यक्ष केपि ओलीलाई अत्याधिक मतले हराउंदै रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह विजयी 🏆
सर्लाही ४ बाट कांग्रेस सभापती गगन थापालाई हराउ्दै रास्वपाका डा० अमरेश कुमार सिंह विजयी 🏆
एवं रितले प्रत्यक्ष तर्फ १००+ निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारहरु 🏅 हुनेमा दुईमत छैन
चुनाव औपचारिकता मात्र हुनेछ । जनताले मनको मत दिईसकेका छन । ।
तपाईं शुभेच्छुक तथा आम जनताको स्नेह र समर्थनले कांग्रेस बदलिएको छ। अब तपाईंको विश्वास र मतको बलमा परिस्थितिलाई सम्हाल्दै देशलाई सही दिशातर्फ अघि बढाउन चाहन्छौँ।
आगामी पाँच वर्ष निर्णायक छन्। थप परिक्षण गर्ने सुविधा छैन। हामीलाई विश्वास छ - तपाईंको निर्णय आवेगमा होइन, विवेकमा आधारित हुनेछ। हामी तपाईंको विवेकपूर्ण छनोटमा भरोसा गर्छौँ।
���य नेपाल !
मत लहलहै वा भावनामा बगेर हैन, राम्ररी सोच विचार गरेर दिनु पर्छ। मौन अवधिमा सोचौँ! मेरै क्षणिक आवेगले म र मेरो देशलाई थप अर्को द्वन्द र अनिश्चिततामा नफसाओस्! सोचेर मत हालौँ, पुर्पुरोमा हात राख्ने गरी फगत 'दान' नगरौँ! शासक लहडमा नचुनिउन्! 'आफ्नो शासक आफैँ छान्ने' पर्वको शुभकामना!🙏
गगन थापासंगको प्रश्नोत्तर कार्यक्रममा उनलाई झण्डै साढे ३ घण्टा सम्म सुन्दा र नेपाली कांग्रेसको घोषणापत्रमा आफूलाई रूचीकर केही विषयबारे उनका योजना/प्रतिज्ञा पढ्दा ढुक्क भईयो, प्रधानमन्त्रीको रूपमा काम गर्न गगन थापा योग्य र सक्षम मात्रै होईन, पूर्ण रूपमा तयार पनि छन्।