बजेटमा यस्तो उस्तो भनेर धेरै भाषणबाजीको कामै छैन् ! प्रमलाइ लागेका दुइ चार योजना कार्यान्वयन भए क्षमता अनुसार भाग पुगीहाल्छ । बाकी सब समय बिताउने गफै हो !
दुर्गा प्रसाइको आन्दोलनमा पोहोर चैतमा डढाइएकाे जडिवबुटी कम्पनीको मर्मत सम्भार गरेर सन्चो घसे पनि आरम नै हुन्थ्यो होला ! एसो नजर जडिबुटी तिर पनि लगाउनु नी सरकार!!
संसारमा जे–सुकै परिवर्तन होस्, तर SEE को रिजल्ट रात परेपछि अप्ठ्यारो समयमा निकालेर “के–के न गर्यौँ” भन्ने पार्ने काम चाहिँ कहिल्यै फेरिएन ! दिउसो निकाल्न के जान्थ्यो यीनिहरुको
सुशीला कार्की प्रम बनेपछि न्यायालयमा सबैभन्दा बढी अतृप्त आत्माहरू छन् भन्ने लागेको थियो । अहिलेका टिप्पणी हेर्दा–सुन्दा धूप हालेर जगाएको सुपर अतृप्त जस्तो लाग्यो । अति भयो… यिनकै मात्र अर्ती सुन्नुपर्ने । जे होस्, पिएमले एक सट दिए थप सट दिए पनि फरक पर्दैन !
सडकका ठेकेदार तह लाउन २१ वटा कानून फेर्नु पर्छ भन्ने प्रकृया सुनाउने गगनले २१ दिनमा ससदिय दलको नेता चुनेनन् भन्ने चिन्ता किन पर्या हो सम्पादकहरुलाइ !! थप २/४ प्रकृया सिकाउनु नी जान्ने सुन्नेहरुले
मनोहरामा स्कुलमा डोजर चल्यो भन्ने रुवावासी छ कन्ट्ण्ट कृयटरहरुलाइ ! अलि थाहा पाउनु नी भक्तपुरमै कति स्कुलमा विद्यार्थी नभएर गाभ्नु पर्ने अवस्था छ त्यति सरे भइहाल्यो नी किन हो गनगन ।
सरकारले मध्य पश्चिम क्षेत्रमा ताला लागेका घरबारी किन्न बजेट छुट्याउने र िकनेका घरबारीमा सुकुम्बासिको स्थानान्तरण गर्यो भने सबै भन्दा उत्तम उपाय ! गाउँ गुल्जार हुने,स्कुलमा बिद्यार्थि थपिने र उत्पादकत्व बढ्ने ।
बिश्वराज पोख्रेल कथाबाट सिक्ने पाठ भनेको नयाँ या पुराना दलहरुले सुरक्षा निकायका रिटार्यडहरुलाइ चुनाबी टिकट दिन नपाउने व्यवस्था गरे सुरक्षा र राजनीतिका धेरै समस्या एकैपटक समाधान हुन्छन् ! अबका प्रदेश र स्थानीय चुनावका लागि यो उपाय लागु भए राम्रो