अरुको आलोचना गरेर, अरुलाई गाली गरेर वा अरुलाई निचो देखाएर सत्य स्थापित हुँदैन । न त समाज र देश नै अघि बढ्छ । तर्क पेश गर्नुपर्छ । शैली र समयले तर्क राख्ने मान्छेको विद्वताको तौल पनि मापन गर्छ । आलोचना र घमण्ड भरिएको विद्वता भनेको हावा भरिएको बेलुन जस्तै हो ।
नेपालमा कुनै मिडियाले खुलेरै यो उम्मेदवारलाई मेरो भोट भनेर भनेको सुनेको, पढेको छैन । तर अमेरिकाको 'द इकोनोमिस्ट' भन्ने मिडियाले चाहिँ कमला ह्यारीसको पक्षमा भन्यो, "यदि द इकोनोमिस्टको भोट थियो भने, हामी कमला ह्यारिसलाई भोट दिनेथियौं ।"
रवीन्द्र मिश्रले भनेझै गणतन्त्र, नयाँ संविधान ल्याउने मुख्य व्यक्ति प्रचण्ड नै हुन् । तर नेपालीहरु यसकारण राजतन्त्रको समर्थन गरिरहेका छैनन् कि भोलि राजतन्त्र आउला र फेरी रवीन्द्र मिश्रको फोटो टाग्नु पर्ला । दरबार मार्गको नाम रवीन्द्र मार्ग राख्नैपर्ला । त्यही डर भएर हो खास ।
सांसारिक मोह त्यागेका भनिएका साधुसन्तहरुले त बडिगार्ड, प्रहरी, भक्त र सवारी साधनको भीड लगाउन खोज्छन् भने कथावाचिकामा हामी सागदीपन नखोजौं । भारतमा यस्तै चलन होला । फेरी उनको आफ्नै पैसा खर्च हुने हो । हामीलाई के खाँचो ?
मलाई यो संसारमा आएको पाँच वर्षसम्म म गलत ठाउँमा आए जस्तो लागेको थियो । म आफ्नैहरुबिच पनि अन्जान अनुभूति गर्दथेँ । केहीले शब्द बुझ्थे, तर भाषा बोल्न सक्दैनथे । जो मानिस जस्तै देखिन्थे, तर आवश्यक विशेषता थिएन ।
- Dr Camilla Pang
दुर्घटनामा पर्नेहरू हात हल्लाउँदै उद्धारको याचना गर्दै थिए, आगो निभाउने व्यवस्था तुरुन्तै भएन । एयरपोर्टमा त यस्तो अवस्था छ भने अरु ठाउँमा दुर्घटनामा पर्दाको कुरै छोडिदिउँ ।
जो बाइडेन साह्रै मूर्ख रैछन् ।
उम्मेदवारी पनि कमलालाई छाडिदिए ।
आफै उठ्नु, चुनाव लड्नु ।
जिते जितीहालियो, हारे चन्दा उठाएको पैसाले दुई चार वटा घर बनाउनु ।
केहि नजान्ने ।
डेडिकेटेड ट्रन्कलाइनमा उद्योगीहरु पीडित हुन् ।
अहिलेको आर्थिक मन्दीको लागि यस्तै नीति नियम, कर, अनावश्यक जरिवाना, शुल्क पनि कारक तत्व हुन् । अर्थतन्त्रको पुनर्जीवनका लागि एकीकृत प्रयासको खाँचो छ । जसमा सरकारको अग्रसरता प्रशंसनीय छ ।
दुई तिहाई बढी प्राप्त भयो ।
अब संविधान संसोधन गरेर सांसद, मन्त्री, मेयरहरुको संख्या कम गरौं ।
समृद्धिको आधार धेरै संसद, सांसद, मन्त्री र जनप्रतिनिधि होइनन्, बरु आम्दानी र खर्चको सही हिसाब किताब हो ।
यदि गाली गर्नेहरू नेताहरूभन्दा स्मार्ट हुने भए त देश यिनैले पो चलाइरहेका हुन्थे।
नेताहरू केही नजान्ने, नपढ्ने, मूर्खै हुन्छन् भन्ने भाष्य गलत छ। नेताहरू औसत मान्छेभन्दा बढी पढ्छन्, समाजलाई बढी बुझेका हुन्छन्, बढी संघर्ष गरेका हुन्छन्, र त त्यहाँ पुगेका छन्। #नेताहरूबारे
लौ न कतै कुनै एकान्त देशलाई
पार्सल गरी पठाइदिउँ
मनमनका गुनासा
देशले दिएका धोका
सिस्टमले दिएको निराशा
केही गर्दा गर्दै पनि असफलताबाट पाएको पीडा
पीडा बिर्साउने तर कहिल्यै पुरा नहुने आश्वासनका पोका पन्तुरा
लौ न कतै कुनै विरानो देशमै भएपनि
पोको पारेर उडाइदिउँ ।