सुनन न्निकै डर लाग्छ
मलाई समिप डाकन
एक अबोध बालक झै
म तिम्रो अङ्गालोमा लुक्ने छु
तिमी पिठ्यु थप्थपाउदै
मेरो ओठ चुमिरह न
यसै गरी अनन्त सम्म
मेरो डरबाट मलाई
बचाई रह न ।
सुनन उता कोल्टे फेरी नसुतन्
मलाई डर लाग्छ यो निष्पट्ट अन्ध्यारोमा
आईरहेको त्यो कीरा कांटीको आवाज्
मलाई कुनै दानव भन्दा कम लाग्दैन ,
सुनन म तीर फर्केर सुतन
दुरीको बिचको यो दुरी घटाउन
आउन मेरो समिप आउन
मेरो निधार चुमी देउन
म आफ्नो सिष झुकाउने छु ,
सुनन मलाई डर लाग्छ
जब मौन हुन्छ हो बतास
मन आत्तीन्छ
जब सुन्य हुन्छ रात
आउन आफ्नो आङ्गालो खोलि
स्थान देउन आफ्नो ढुकढुकिमा ,
सुनन आउन अलि ओर
आफ्नो अन्जुली मेरो अन्जुलिमा
ग्रहन गरन आजिवन्
सुन्सुम्याउन मेरो केश
आफ्नो मुलायम हत्केलाले
चुमी देउन डराएका
ई आखाहरु ,