यसपटक ‘सहिद घोषणा’ र १० लाख क्षतिपूर्तिमा न्याय साटिनु हुँदैन। गरिमाको जीवनको मूल्य पैसाले चुक्दैन। दोषीलाई कानुनअनुसार हदैसम्मको सजाय नदिएसम्म हामी पछाडि हट्नु हुँदैन !! न्याय नपाएसम्म आवाज र आन्दोलन जारी रहनुपर्छ।
#खुनको_बदला_खुन#JusticeForGarima#न्यायदेऊ@ShahBalen
केही उपस्थितिहरूको नाम हुँदैन,
बस् बिस्तारै दिनचर्यामा मिसिन्छन्।
अनि एकदिन दूरीले सम्झाउँछ !!
त्यो केवल बानी थिएन, मनको कुनै कुनामा चुपचाप उम्रिएको आत्मीयता रहेछ।
#shubharatri
उनको मौन पीडाले
मेरो आत्मा सम्म कम्पित बनाइदिन्छ…..
अनि प्रत्येक प्रार्थनामा म केवल यही याचना गरिरहन्छु,
जीवनले उनलाई कहिल्यै कठोर स्पर्श नगरोस्,
उनका हिस्साका सबै वेदनाहरू
मेरै भाग्यमा अवतरित होऊन्।
#shubharatri
उनको यादको रफ्तार कस्तो रहेछ, खै !!
डाटा, WiFi त बस बहाना मात्र,
न सिग्नल खोज्छ, न पासवर्ड माग्छ,
एक क्षणमै मुटुभित्र पुगेर
सबै सोचहरू कब्जा गरिदिन्छ…
#goodmorning
शब्दहरू थिए,समयको सुस्केरासँगै बगेर हराए,
भावनाहरू थिए,मुटुको गहिरो कुञ्जमा कैद भए,
आज यस्तो मौनताको अधिराज्य छ,
जहाँ चिच्याउने चाहना त प्रबल हुन्छ,
तर स्वर… आँसुको अव्यक्त धार बनेर
भित्रै कतै बिलाइरहन्छ।
#goodmorning
@nabilbank@BeingNirvana Nabil Bank has built its reputation over decades with strong governance and customer trust. One-sided claims shouldn’t outweigh official clarification. Facts matter more than noise.