Investment, Infrastructure & Employment Committee is formed by Nepal Congress for the effective intervention in aforementioned sectors by & for the people.
गठबन्धन दलहरूको प्रतिवद्धतापत्र सार्वजनिक भएको छ । हामीले प्रतिवद्धतापत्रमा गरेका सबै वाचा यथार्थमा परिणत गर्नेछौं ।
यहाँहरूकै हात, यहाँहरूकै साथले हुनेछ चितवनको विकास ।
तपाईं हामी सबै बनौं विकासका साझेदार
नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार ।।
म शासन होईन सेवा गर्न आएको हुं । मलाई विश्वास गरेर हाम्रो पार्टीमा आउनुहुने हजुरहरूलाई मेरो तर्फबाट कहिं कतै शिर झुक्न दिनेछैन। मलाई माया गरेर साथ दिने सम्पूर्ण मनहरूलाई हृदयदेखि नमन ।
बर्दघाट-१४ धर्मबस्तिमा आयोजना गरेको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा आज
निजी क्षेत्रमा ४ दशकको अनुभव, आफ्नै मेहनतले मुलुकका उत्कृष्ट संस्था निर्माण गर्ने क्षमता राख्नुहुने, व्यवस्थापकीय कौशलबाट सार्वजनिक सेवा जनतालाई सहजसँग उपलब्ध गराउन सकिन्छ भनेर सरकारमा काम गरेरै देखाउनुभएका, मृदुभाषी, चितवनलाई बुझेको व्यक्तित्व उमेश श्रेष्ठलाई विजयी गराऔं ।
आज म बर्दघाट एरियाका मतदाताहरूको घरदैलोमा छु । यहाँका मतदाताको अपार स्नेहले मलाई निकै उत्साहित बनाएको छ । मतादाताको मुख्य चासो विकास निर्माणमै छ । समृद्ध नवलपरासी निर्माण गर्नु मेरो प्राथमिकता हो।
🌳इच्छाकामना गाउँपालिका वडा नं. ६🌳
"प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रूख🌳 चिन्हमा मतदान गरी चितवन क्षेत्र नं. २ मा नयाँ र सक्षम नेतृत्व दिलाउन चाहान्छौं" भन्ने आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूको वचनवद्धतासँगै मैले प्रतिवद्ध भएर चितवनवासीको सेवामा लाग्ने संकल्प गरेको छु ।
हामी सधै जित्नेछौ : नवौं राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै पदक जित्न सफल नवलपरासीका खेलाडी भाईबहिनीहरुलाई हार्दिक बधाई ! यहाँको खेलकुदको विकासका लागि म तपाईंहरूको साथमा छु।
प्रजातान्त्रिक सेनानी, वरिष्ठ समाजसेवी, पूर्व सांसद, नेपाली कांग्रेसकी नेत्री मैयादेवी श्रेष्ठको शव यात्रा तथा अन्तिम संस्कारमा सहभागी हुँदै । देवघाट, चितवन । टंक पौडेलजी लगायतमा गहिरो समवेदना !
पूर्वसांसद, लैंगिक सशक्तीकरणकी हिमायती, महादान कर्मबाट सुपरिचित वरिष्ठ समाजसेवी नेपाली कांग्रेसकी नेतृ मैयादेवी श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको निधनले मुलुकले एक अभिभावक र नेपाली कांग्रेसले संरक्षक गुमाएको छ । उहाँको यश र किर्ती युगौंयुगसम्म फैलिरहोस् ।
इच्छाकामना गाउँपालिका-२ काउलेमा परामर्श भेला
प्रतिस्पर्धी र तुलनात्मक लाभका फलफूल, तरकारी उत्पादनमा इच्छाकामनाको आफ्नै पहिचान छ। कृषि उत्पादनका अलावा कृषि उपज संकलन केन्द्र र बजार पहुँचका साथै स्थानीय पर्यटकीय सम्भावनाको (पर्याय पर्यटन, होमस्टे) विस्तारबारे महत्त्वपूर्ण छलफल भयो।
गरिखानेहरूलाई कृषि व्यवसायमा प्रेरित गर्न वित्तीय प्रोत्साहन,कृषि उद्यम विकास र प्रतिफल सुनिश्चितत गर्न नेपाली कांग्रेस नेतृत्वको सरकारले युवा कृषि सहुलियत कर्जा कार्यक्रम सुरु गरेको हो। यसमा अझै सुदृढ ढंगले र धेरै कृषकहरूलाई लाभ सिर्जना गर्न म प्रयत्नशील रहिरहनेछु।
जय नेपाल! 🌳
बनाऔं हाम्रो देश, जिताऔं नेपाली कांग्रेस
संविधानको रक्षा, आर्थिक विकास तथा समुन्नतिका लागि
रुख चिन्हमा मतदान गरौं
आफ्नो मताधिकारको विवेकपूर्ण प्रयोग गरौं ।
चार दशकको मेरो व्यावसायिक जीवनका ज्ञान, सीप र अनुभव चितवनको विकास तथा मुलुकको आर्थिक-सामाजिक रूपान्तरणमा उपयोग गर्न म चितवन क्षेत्र नं.२बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको छु। म यहाँहरूको सार्वजनिक निगरानीमा सदैव खडा रहिरहनेछु। यहाँहरूको अटुट समर्थन र अमूल्य मतको कदर गर्दछु।