जे गर्न नहुने हो त्यै छानी छानी गर्छन्
अझ त्यो नि राम्रो मानी मानी गर्छन्
खुशीहरू बरू झुक्किएर बाँड्लान् मान्छे
दिल दुखाउने काम जानि जानि गर्छन्
दिपक गैरे
@sarita_____udas अलिकती सकारात्मक कुरा गर्न सुरु गर्न परो, सकारात्मक कुरा गर्दा हजुरका समस्या हल हुन्छन् भन्दैन हजुरका रोकिएका काम पुरा हुन्छन् भन्ने पनि होइन तर समस्याहरु साना लाग्न थाल्छन्
@sarita_____udas हजुरको जिवनमा दुख होला नहोला, ट्वीट र वास्तविक जिवन उस्तै होला या फरक होला, तर जिवनलाई जति नकरात्मक तरिकाले हेर्नु हुन्छ त्यति कुरुप देखीन्छ, आफ्नो जिवन मात्र होइन चन्द्रमा देखी फूलसम्म आफुलाई माया गर्ने देखी आफुले माया गर्ने सम्म आफुलाई जन्माउने देखी आफुले जन्माएका सम्म
सडकमा काफल पोखाइदिने घटनादेखि लिएर सुकुम्बासी प्रकरणमा जनतालाई त्रसित बनाउने कार्य हुँदै गणेश नेपाली घटनासम्म आइपुग्दा, धेरै स्थानीय तहको कार्यशैलीमा गम्भीर कमजोरी देखिएको महसुस हुन्छ। यी घटना केवल छुट्टाछुट्टै त्रुटि हुन्, वा यसको पछाडि कुनै ठूलो प्रवृत्ति लुकेको छ?