राम्रा मान्छेको नाम पनि अमिर हुन्छ,
हाम्रा चोरहरूको नाम
छबिलाल
खड्के
सेरे
म्याक्ने
...
अनि उस्को त के नाम लिनु
छबिलालको बाउ क्या,
....
अझै बुझिएन ?
.....
रबिलाल
#actionspeaksitself
जीन्दगी के छ र ?
भए लाख
नभए डेढ लाख
..
जीन्दगीभरिको कमाइ,
उर्फ,
जिबिका, महङ्गी, शिक्षा , स्वास्थ्य,परिबार, सपना,रहर
पोको पारेर काैशीमा फालिदेउ ।
#शुभदिन
खाली बोत्तल केही कुरा, हाल्न काम लाग्छ,
झुत्रो कपडा कहि कतै, टाल्न काम लाग्छ,
खत्तम भनि नफालिदिनु, बिझाउने काँडा पनि
अर्को काँडा बिझ्यो भने, फाल्न काम लाग्छ
#कतै_भेटेको
साउनको महिना
यो हरियो सहरको कुनै हरियो कुनाको हरियो पार्कमा हरियो पहिरनमा हरियो सपनाहरू देखिरहेछन् प्रेमिल जोडिहरू
..
र त्यहि हरियो सहरको अर्कोतिरको हरियो कुनामा हरियो रगत बोकेर, आफ्नाका मनहरू हरियो बनाउदै हरियो बाँसमा हरियाखर्कको बाटो हुदै कोहि मान्छे हरियो सागरतर्फ हिडिरहेछ ।