मान्छेहरु खै…
के हेरेर मन पराउछन या माया गर्छन!
के हेरेर घृणा गर्छन या मन पराउदैनन कुन्नि!
मलाईत उ भित्रको उ मन परे पछि माया लाग्छ
मलाईत उभित्रको उसलाई बुझ्न थालेसि
यो मनले चाहनु थाल्छ।
यो नजरले देख्दा उ कस्तो थियो कत्रो थियो!
मलाई सरोकार लाग्दैन ।
बस यो मनले बुझ्दा र नियाल्दा
माया लाग्छ भनेर नै
प्रेमको भाव दर्साउदैछ उनि
फेरि दुबिधाको कुरा गर्दै
कहिलेकाहीँ तर्साउदैछ पनि उनि
मेरि मायालुले सङ्कोच नमानि
प्रेमको फूलगुच्चाहरु बर्साइरहदा
म यसै प्रेमिल बनिदिन्छु ।
प्रेमिलताको स्वाद लिदैगर्दा
प्रेम गर्नु बेकार हो भन्दै…
घिटिक्क सर्काउछे पनि फेरि… 🤨।
हामि उसको नयन देख्न सक्छौ तर उसको नयनले देख्ने दृष्टिकोण हामि देख्न सक्दैनौ । जिवन यस्तै हो कहिले गाह्रो हुन्छ त कहिले सहज! कहिले आफ्नै मन दुखाएर अरुलाई खुशि पार्नुपर्छ त कहिले आफ्नै मन खुशि पार्न अरुको मन दुखाउनुपर्छ...!यो भागदौड हो जिवनको चलिरहन्छ यस्तै यस्तै ।
मान्छेहरु भन्नुहुन्छ "गलत बाटो रोज्नुअघि बाआमाको अनुहार हेरेर भए पनि आफुलाई सम्झाउनुपर्छनि ! आत्महत्या गर्नु समस्याको समाधान होईन"! यद्यपि यो भनाई पनि सहि नै हो तर मान्छेको मनलाई यथार्थमा बुझ्न सकिदैन,उसले लेखेको शब्दहरु पढ्न सकिन्छ तर उभित्रको भावनाहरु पढ्न सकिन्न,+
जिवन एउटा यात्री हो यार !
अलिअलि त लडिहालिन्छनि…
केहि चोट थोरै पिडा...
यस्तोत भैहाल्छनि ।
उठ… धुलो भए टक्टका
हिलो भए धु…
अनि यात्रालाई निरन्तरता दिईहाल ।
😘
मेरो हृदयभरिको माया तिम्रो लागि सानु।
तिमिलाई लागिरा होला…
भुल्यो यसले यसलाई के मतलब छर मेरो!
माया गरेको भएपो सम्झिन्छ …! यस्तै यस्तै।
तर कसरि बुझाउ म खै… कसरि सम्झाउ ?
हेरन कहिलेकाहीत यि ओठहरु पनि चुपचाप भैदिदोरहेछ कतै शब्दहरुको अभावले निशब्द भएझै । सायद म त्यस्तै भएकि …!🤔