शिरमा मर्दको लागाइ टोपी
काधमा जिम्मेवारी अनेक बोकि
आफ्नो खुशी सारा हारी
परिवार लाई खुशी पारी
सन्तानका खुशीका लागी
आफ्नो आकान्क्षा मारि
उनैका इच्छालाई आफ्ना सपना मानि
संरक्षक बनी उनैको जिउछ पुरुष बनी।।
🙏🙏
केही मानिसहरू नेपाल चुनावको सिट गन्दै छन्,
केही मानिसहरू भारत र इङ्ग्ल्यान्डको खेलमा रन र विकेट गन्दै छन्,
हामी भने मध्यपूर्वमा अवरोध (intercept) गरिएका मिसाइल र ड्रोनहरू गन्दै छौं।
Emotional post
मत लहलहै वा भावनामा बगेर हैन, राम्ररी सोच विचार गरेर दिनु पर्छ। मौन अवधिमा सोचौँ! मेरै क्षणिक आवेगले म र मेरो देशलाई थप अर्को द्वन्द र अनिश्चिततामा नफसाओस्! सोचेर मत हालौँ, पुर्पुरोमा हात राख्ने गरी फगत 'दान' नगरौँ! शासक लहडमा नचुनिउन्! 'आफ्नो शासक आफैँ छान्ने' पर्वको शुभकामना!🙏
कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ! आम नागरिक लाइ कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ। हामीलाई minimum government bodies, maximum governance चाहिएको छ।
Digital governance मार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर हैरानी हटाउने हाम्रो स्पष्ट प्रतिबद्धता हो।
आज काठमाडौं ५ का अग्रज, अभिभावक, युवा तथा जेनजी सदस्यहरु एकजुट भएर हाम्रो साझा अभियान अझ प्रभावकारी बनाउन सुझाव र प्रतिक्रिया प्रदान गरिदिनुभयो ।
एकता र गतिशिलता नै हाम्रो शक्ति हो । यसले हामीलाई अझ हौसला र उत्साह प्रदान गरेको छ । लामो यात्रामा अझ धेरै साथ र समर्थन अपेक्षा गरेका छौं ।
नसुध्रिएको भए हुन्थ्यो, तर भूतले खाना खाने समयमै भए पनि कांग्रेस सुध्रियो। यो भूत, वर्तमान र भविष्यको नाममा जुवा खेल्ने र च्याँखे दाउ राख्ने सबलाई निंद हराम हुने कुरो भो। र, राजनीति यत्ति हो! चुनाव यसमै हुने हो।🙏
पुर्खौंदेखि इतिहास बोकेको एउटा घर छ।त्यही घरमा हजुरबुवा ,बुवाले योगदान गर्नुभयो।आफ्ना बाल्यकाल र युवावस्थाका महत्वपूर्ण समय पनि त्यही घरमै बिताइयो।त्यस्तो घर बेलामा सुधार्न सकिएन, के इतिहास बोकेको त्यो घरलाई पूरै छोडिदिने कि नयाँ समयअनुसार परिवर्तन गर्दै, सुधार गरेर अगाडि बढ्ने ?
मैले कक्षा ६ देखि भक्तपुरको आदर्श बहुउद्देश्य स्कुलमा पढेँ।
त्यो स्कुलमा व्यावसायिकतर्फ चारवटा विषय थिए । सबै विद्यार्थीले आफ्नो रुचिअनुसार एउटा विषय छान्नुपर्थ्यो। 'इन्डस्ट्रियल साइन्स' मा काठ काटेर विभिन्न सामान बनाउने सीप सिकाइन्थ्यो। अर्को थियो, 'होम साइन्स । खानेकुरा पकाउन, लुगा सिलाउन, बगैचा स्याहार्न सिकाउने यो विषय धेरैजसो केटीहरूले लिन्थे। 'कृषि' मा खेतीपातीसम्बन्धी पढाइ हुन्थ्यो। चौथो विषय थियो, 'सेक्रेटेरियल साइन्स' । यसमा टाइपराइटर चलाउन र व्यापारका सानातिना प्रयोगात्मक अभ्यास गर्न लगाइन्थ्यो। मैले यही विषय लिए।
हामीलाई 'सेक्रेटेरियल साइन्स' पढाउने मिस हुनुहुन्थ्यो, जाल्पा प्रधान। एकदिन उहाँले कक्षामा आएर भन्नुभयो, 'म एउटा समूह बनाइदिन्छु । अलिकति पैसा जम्मा गर, स्कुलमा सानो पसल थाप ।'
हामी वाल्ल पर्यौं ।
'दुईचार कुरा सिक्न पाउँछौ, एकदुई पैसा बचत हुन्छ,' उहांले सोध्नुभयो 'समूहको नेतृत्व कल्ले गर्छ ?'
कक्षा अचानक जांच दिनुपरेजस्तो सामसुम भयो। मैले फ्याट्ट हात उठाएँ।
हामीले पसल थाप्न भनेर घरबाट पैसा माग्न पाउँदैनथ्यौ । टिफिन बाट दिएको पैसा जम्मा गरौं भने त्यो पनि थिएन। स्कुलमै खुवाउँथ्यो। समस्या पर्यो। मैले उपाय सोचें, अबदेखि चना चट्पट, बम्बईया लड्डु सबै बन्द। घरबाट पैसा लिने, खर्च भने नगर्ने। केही नभए पनि दिनको एक मोहर, एक रुपैयाँ बच्थ्यो ।
साथीहरूले मेरो प्रस्ताव माने।
पैसा बचाऊ' अभियान सुरु भयो। म दिनहुँ साथीहरुसंग पैसा उठाउने, धर लगेर खुत्रुकेमा खसाल्ने । पहेंलो रङको माटोको खुत्रुकेमा मैले रातो साइनपेनले किरिडमिरिङ अक्षरमा लेखेको थिएं 'स्कूल प्रोजेक्ट' ।कस्ले कति पैसा दियो भन्ने हिसाब राख्न सबै मिलेर एउटा कापी किनेका थियौ। हिसाब लेख्ने काम सबैका आँखा सामुन्ने हुन्थ्यो।
महिना दिनपछि हामीले खुत्रुके फोड्यौ । डेढ सय रुपैयां चानचुन जम्मा भएछ ।
मिसले भन्नुभएको थियो, 'स्कूलमा के चिज बढी विक्छ, त्यही राख्नु ।' हामीले पिपलमेड पाउँ, रंगीविरंगी इरेजर, थरीथरीका सार्पनर र यस्तै केही खित्रीमित्रीहरू ल्यायौ ।
हामी हाफटाइममा छिछिटो खाजा खाएर कक्षाका डेस्क-बेन्च घिसार्दै चौरमा ल्याउँथ्यौ । झोलामा बोकेर ल्याएको दोकान डेस्कमाथि सजाउथियौ । सुरुमा त स्कुलका अरू विद्यार्थी हेरेका हेरै भए। कोही सोध्न पनि आए, 'के रमिता हो' भनेर। हामीले प्रोजेक्ट वर्क' भन्यौं। सुनेर उनीहरू खासखुस गर्ने। अनि गोजी छाम्थे। हामीले सामान नै त्यस्तै छानेका थियौ मन भुलाउने, आँखा लोभ्याउने। हाफटाइमको आधाघन्टे छुट्टीमा जति हुन्छ बेचेर हामी आफ्नो दोकानलाई फेरि त्यही झोलामा पोका पार्थ्यम।
अन्तिम घन्टीपछि दिनभरिको हिसाब जाल्पा मिसलाई देखाउनु पर्ने थियो। कुन चिज कतिमा किनेको, कतिमा बेचेको, कति नाफा भयो सब त्यही म्याथ कापीका चारपाटे कोठाहरूमा लेखेर बुझाउनुपर्थ्यो ।
व्यापारमा त्यो मेरो चञ्चुप्रवेश थियो । आज ४५ वर्षपछि मैले गर्ने कारोवार सैद्धान्तिक रूपमा त्यो भन्दा फरक छैन। सानो-ठूलोको कुरा मात्र हो ।
बहुद्देश्यीय हाई स्कुलको त्यो सिकाइले मभित्र अर्द्धचेतन अवस्थामा रहेको व्यापारिक सोच र व्यवहारलाई जगाइदिने काम गर्यो भन्ने लाग्छ । बचत परिचालन, पुँजी निर्माण, बजारको माग बने, खरिद विकीबीच मार्जिन राख्ने यस्ता आधारभूत व्यापारिक सीप मैले त्यहाँ स्कुलको आधाघन्टे पसलबाट सिकें।
विद्यार्थीलाई परीक्षाको दौडमा सामेल गराउनेभन्दा ज्ञान दिनेगरी पढाउने त्यो स्कुलले मेरो जीवनमा एक सय असी डिग्रीको परिवर्तन ल्याइदियो। म त्यहाँको शैक्षिक वातावरणमा रमाएँ।
मैले एसएलसीसम्म त्यहां पढ़ें। र, त्यहींबाट २०२८ सालको एसएलसीमा बोर्ड पाँचौ भएँ।
हाम्रो स्कुलबाट अरू दुईजना साथी पनि बोर्ड आएका थिए । छैठौ स्वानमा विश्वम्भर चित्रकार र सातौंमा कृष्णबहादुर नापित ।
मेरो जिन्दगीको पहिलो र सबै भन्दा महत्त्वपूर्ण 'टर्निङ प्वाइन्ट' त्यही स्कुलको वातावरण हो। त्यहाँ पाएजत्तिको शिक्षा त्यसपछिको कुनै पढाइले दिएन ।
आज तपाइँहरुको रिजल्ट जस्तो आएपनि जिन्दगी एकदम लामो छ । स्कुलमा सिकेको कुरा रिजल्ट भन्दा धेरै काम लाग्नेछन । अगाडी बढनुहोला । हार्दिक सुभकामना ।
कतिपय भन्छन् -
अब जनताले नेतालाई सुन्न छाडिसके । आंशिक सत्य हाे ।
तर, अर्काे सत्य याे भीडले बताइरहेकाेछ-
सुन्न लायक नेतालाई सुन्न जनता आतुर छ । मात्र यति हाे, नेताले विश्वसनियता गुमाउनुहुन्न, जनताले सुन्छन् ।
@thapagk
एउटा घना जंगलमा आगो लागिरहेको थियो। जंगलको सबै पशुपंक्षी भागदौड गरेर ज्यान जोगाउन लाग्दै थिए। भागेको सबै जनावर र पंक्षीलाई आफ्नो चिन्ता थियो तर एउटा चरा पर खोलाबाट आफ्नो चुच्चोमा पानी ल्याउँदै दन्किरहेको जंगल माथि पानी खसालेर आगो निभाउने प्रयास गर्दैथियो। आफ्नो ज्यानको मात्र पर्वाह गरेर भागेका जनावरले जब त्यो चराको निरन्तरको प्रयत्न देखे त्यसमा सहयोग पुर्याउनको सट्टा चराको खिसिट्युरी गर्नथाले। हाँस्दै सबै जनावरको प्रतिनिधित्व गर्दै एउटा जनावरले चरालाई सोध्यो, 'त यो के पागलपन देखाउँदै छस ? तेरो चुच्चोमा ल्याएको पानीले यो आगो निभ्छ?' आफ्नो प्रयासमा विश्वास गर्ने त्यो चराले जनावरलाई जवाफ दियो, 'मलाई थाहा छैन मेरो चुच्चोमा ल्याएको पानीले यो दन्किएको आगो निभ्छ कि निभ्दैन तर आजभन्दा धेरै वर्ष पछाडिसम्म कसैले त पक्कै भन्नेछ, कि दन्किएको आगो बाट जोगिन सबै भाग्दै गर्दा एउटा चरा थियो जसले यो निभाउने प्रयास गर्यो। इतिहासले भाग्नेलाई होइन, समस्यासँग जुध्ने र प्रयास गर्नेलाई सम्झन्छ।'
माथिको चराको प्रेरक प्रसंग मैले आज पार्टीको बैठकमा गगन थापाले यसो भन्दै गर्दा सम्झिएको हो। महामन्त्री गगन थापा भन्दै थिए, 'म बरु कांग्रेसको साधारण सदस्य भएर गर्वले बस्न तयार छु तर यो यथास्तिथि बदल्न जो रिसायोस म पछि हट्ने वाला छैन, मेरो आवाज आजबाट झन बुलन्द हुनेछ।'
ज्यूँदो बोल्दा मूर्दाशान्ति छाउँछ। गगन थापाको आजको अभिव्यक्ति आफैँमा एउटा इतिहास हो।
@thapagk बोलेको भिडियोको link:
https://t.co/hTkXvbmfNo
उमेर आनुसार भोटिङ ट्रेन्ड भानु ११, सायद सबै ठाउ मा तेस्तै ट्रेन्ड छ कि?
उमेर समूह 18 बर्ष - 40 बर्ष : 🔔
41 बर्ष - 65 बर्ष : 🌲
66 बर्ष देखि माथी महिला = 🔔, पुरुष = 🌲
एक पटक आफ्ना नेतालाई शोधौ आफ्नो श्रीमती लाई नेपाली बन्न बिश्वास दिलाउन सक्नुहुन्न भने जनता लाई के कसरी बिश्वास दिलाउनुहुन्छ नेपाल/देश बनाउनु हुन्छ भनेर??
#तनहु क्षेत्र न १
@DearGovin नेपाली नागरिकता चाहे बिवाह गरेको भोलिपल्ट पाइन्छ। र आफ्नी जीवनसंगिनीलाईसमेत मैले विश्वस्त नपारे आत्मा र नैतिकताको कुरो गर्नु हुन्छ भने नगर्ने। म मेरा सन्तानलाई निजी स्कुलमा पढाउँछु भने मैले सार्वजनिक स्कुलको संचालक समितिको अध्यक्ष त के सदस्यसमेत बन्नु मेरो नैतिकपतनको ध्योतक हो।🙏
@Sandaju11 जोशीको भोट केही ब्याक्तीगत र रामचन्द्रको व्यबहारबाट दिक्क भएकालेे दिएको भोट जुन काङ्ग्रेसिले दिएका थिए ६०००+ जोशी लाइ। अब त्यो भोट भट्टराई लाई धेरै जान्छ तुलनात्मक रूपमा वाग्ले लाई भन्दा। केहि काङ्ग्रेसको भोट वाग्लेको वजनले जान सक्छ तर भण्डारीले कति सहयोग गर्छन तेस्ले फरक पार्छ ।