I have a habit of sticking too much to little things.
And that sometimes become a blessing, while sometimes hurting to some extent.
But memories of those little things are enough to create abundant of happiness, bringing a big smile, which I believe is worth a million dollars
कतै भेट्दा तिमीले मलाई,
मिठो मुस्कान दिनु है,
एक पल्ट मायाले गाला सुम्सुम्याउनु है,
अतितका पुराना यादहरु ताजा गर्दै मलाई हँसाउनु है,
मायालु भन्दै त्यो सुमधुर आवाजले फेरी मलाई बोलाउनु है।
आफ्नो काखमा सुरक्षित छोरी,अरूको काखको शिकार नहोस् भन्ने बाबाले नै अरूको छोरीको सर्वश्व लुटांउछन्,आफ्नो अंगालोमा धर्केकी बहिनीको पिडा सहन नसक्ने दाजु नै,अरूको बहीनीलाई अंगालोमा बेरी विश्वास र कुमारित्त्व टुटाउंछन्,अझै जिन्दगी सुम्पेको श्रिमानको मनमर्जी चलेन भने सम्बन्ध छुटाउछन्।🙏
हजुरका हरेक पाइलाले आफूले चाहेको गन्तव्य सम्म पुर्याउन्।
जिवनका प्रत्यक क्षणमा खुशी तथा सफलता मिलोस्।
त्यो प्याराे मुस्कान ओठमा सदैव कायम रहोस्।
केहि प्रतिकूल परिस्थिति आए, नडगमगाइकन अघि बढ्ने सहास ईश्वरले प्रदान गरुन्।
जन्मदिनको शुभकामना हजुरलाई @ansu_RN
🎂🥳❤️
के तपाईँका छोरी-चेली संस्कारी छन्?
छैनन्? बिहे गरिदिनुस, शरीर ढाकिदिनुस, चुलो चौको गरे र शरीर ढाकिदिए बल्ल छोरीहरु संस्कारी हुन्छन्.. सपना नदेखाउनुस..'करियर' र 'एम्बिसन' जस्ता कुरामा नअल्झाउनुस..चुलो धाने र पहिरन जाने पो छोरीको घर र बिहे टिक्छ...
धन्यवाद नागरिक परिवार..
आकाश गड्गड्याए झैं ऊ चिच्याउन चाहन्छे
पानी दर्किए झैं ऊ बर्सन चाहन्छे।
तर बाध्य छे ऊ मनमा कुण्ठित भावना लुकाउन
त्यसैले त अंध्यारो रातको जुन झैं सधैं चम्की रहन्छे।