न्यूनतम मासिक तलब सत्र हजार जति तोकिएको छ - अर्थात् त्यति भए एक जना घर खर्च चल्छ भनेर सरकारले ठानेको छ ।
तर पूर्वराष्ट्रपतिले नगद सुविधा मात्रै महिनाको ३ लाख पाउने? पूर्वविशिष्ट सम्मानित हुनु पर्छ, तर राजा महाराजाको जस्तो ठाँटले राख्न गणतन्त्र ल्याएको हो हामीले? चालू खर्च धान्न उठेको राजश्वले नभ्याउने अवस्थामा राज्यकोषको यो नै उचित उपयोग हो, जनताले यो प्रश्न पक्कै सोध्नेछन् ।
मेरा थप केही प्रश्न छन् -
- आमजनताको आयको हरेक रुपैयामा कर उठाउछ सरकारले, यो आयमा कर लाग्छ कि लाग्दैन?
- पूर्वविशिष्ट राजधानीमै किन बस्न पर्ने? राजधानी बाहेक अरु ठाउँ विकास गर्न सक्दैनौ भन्ने स्वीकारोक्ति हो सरकारको? अनि घर हुनेलाई वर्षको २ लाख, नहुनेलाई २४ लाख पाउने भने पछि भएको घर पनि किन नबेच्ने?
- १५० लिटर तेलले त १०००-१५०० किमी गुड्न पुग्ला, हरेक महिना त्यति भ्रमण गर्न पर्ला?
अन्य देशमा राजनैतिक र सम्मानित पदबाट अवकाश पछि पनि व्यक्ति सक्रिय रहन्छन्, आफै आय आर्जन गर्छन् । पूर्वराष्ट्राध्यक्षले पनि अति साधारण पुरानै घरमा बसेका, सादा जीवन बिताएकाले उदाहरणिय भएका छन्।
पूर्वविशष्टहरू - सामान्य जीवनयापन गर्न पुग्ने बाहेकको सुविधा हामीलाई चाहिदैन भनेर लिखित वक्तव्य आओस् । सुविधाको लोभमा सम्मान नगुमाउनु होला ।
Thrilled to share my 𝗢𝗽-𝗘𝗱 𝗼𝗻 '𝗜𝗻𝗰𝗹𝘂𝘀𝗶𝘃𝗲 𝗱𝗶𝗴𝗶𝘁𝗮𝗹 𝘁𝗿𝗮𝗻𝘀𝗳𝗼𝗿𝗺𝗮𝘁𝗶𝗼𝗻: 𝗪𝗵𝗮𝘁 𝗱𝗼𝗲𝘀 𝗶𝘁 𝗹𝗼𝗼𝗸 𝗹𝗶𝗸𝗲 𝗳𝗼𝗿 𝗳𝗲𝗺𝗮𝗹𝗲𝘀?' published today in The Annapurna Express! https://t.co/ZqKuOFUtdD
#InclusiveDigitalTransformation#WomenInTech
Heartbroken to hear another young life lost at #KIIT. Just months after a similar tragedy. Clearly, still, no real change.
How many more dreams must be shattered before we take serious action for our students' safety? Institutions must be accountable.
#JusticeForPrisha#KIIT
Memories of trauma don’t fade; they shape lives. Watching Devi at NIFF was heartbreaking yet inspiring. A raw portrayal of wartime rape survivors’ pain, resilience & their long fight for justice, one long dismissed by those in power. Their courage is a rallying cry.
#Devi#NIFF
After several days of topping global air pollution charts, Kathmandu has finally seen a slight improvement in air quality not due to policy or intervention, but thanks to timely rainfall.
Light showers on Wednesday night and Thursday morning helped clear some of the smog and
Some more snaps from the WordCamp Nepal 2025 Conference Day! 📸
Nice connecting with some old & new friends! And it’s the best part of WordCamp experience! 🥰
#WCNP#WordPress#Nepal
The moment we’ve all been waiting for… the Opening Ceremony of #WCNP has officially begun!
Let’s kick off this amazing day filled with inspiration, knowledge-sharing, and the incredible spirit of the WordPress community.
Let the magic begin!
#WordCampNepal#WCNepal2025
यो तन्त्र मन्त्र जन्त्र जतिसुकै कुरा गरेपनि आखिर मूल्य चुकाउनुपर्ने त नेपाली जनता नै रहेछ हैन त।
कसको ज्यान गयो? कसको घर जल्यो? प्रताडित को भए? विश्वसनीयता खस्किँदै गरेको समाजमा कसले भनेको कसले पत्याउने, कसले के गर्ने?
राजावादीहरूलाई मेरो प्रश्न संवैधानिक राजतन्त्र नि देखेको हामीले, अहिलेका पूर्वराजाको महत्वकांक्षाले प्रत्यक्ष शासन नि भोगेको हो । ६३साल पछि उनले कस्को तपस्या गरेर कुन राम बाण, कुन जादुको छडी प्राप्त गरे जस्ले देशको सबै समस्या छुमन्तर गरेर गायब पार्ने छन्? ४७मा प्रजातन्त्रमा आए पछि, ६३मा लोकतन्त्र आए पछि सबै समस्या सकिन्छ, देश उभो लाग्छ भनेको भन्दा के फरक छ तपाईँहरूको वाचामा? टाउको मात्र फेरेर व्यवहार र संस्कार उही राख्ने हो भने केही हुनेवाला छैन साथीहरू! शक्तिकेन्द्रको वरिपरि अर्को थरि पुग्ने अनि रजाई गर्ने पालो तिनको, हुने त्यति मात्रै हो । अनि कस्तो मान्छेलाई अगाडि सारेको, भिडियो गेममा जस्तो मान्छेलाई किल्चिने हिसाबले बाटोमा गाडी चलाउनेले के उँभो लगाउँछ?
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने हामीहरु, के हाम्रा आफ्नै दलभित्र लोकतन्त्र छ? डेलिभरी दिन नसक्ने व्यक्तिलाई पटकपटक प्रधानमन्त्री मान्दिनुपर्ने, के यो लोकतन्त्र हो र? के हाम्रा पार्टीभित्र फरक विचारको सम्मान गरिन्छ? जनताको आक्रोशलाई कम आँक्ने, खिसीट्युरीमा उडाउने, होच्याउने त्यै हो लोकतन्त्र? चुनावामा मासुभात खुवाउने, पैसा बाढ्ने नै हो उन्नत लोकतन्त्र? जनताको निराशा कसरी सम्बोधन गर्ने हो– अब एक दुई तीन चार यो गर्छु भनेर भन्नुपऱ्यो, भन्ने मात्र हैन र गरेरै देखाउन पऱ्यो!
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ (केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० को दफा ६४) मार्फत तपाईंहरूले एउटा संशोधन गर्न खोज्नु भएको थियो – जति हिंसा मच्चाए पनि राजनीतिक दल हुँ, मूलधारमा आउछु भन्यो भने माफी पाउनुपर्छ भन्ने। यसो भन्नेहरूले हिजो राजावादीहरूको आन्दोलन हिंसात्मक भयो भनेर कराउन सुहाएन। अनि हिजो कार्यक्रम शुरु नहुँदै स्टेजमै अश्रु ग्यास प्रहार भएको भिडियो सञ्जालमा आइरहेछ। त्यसो भए हिंसाको पूरै जिम्मा एउटा पक्षको टाउकोमा मात्रै राखेर पन्छिन मिल्छ?
हिजोको हिंसाको जिम्मेवार जो ठहरिए पनि हिजो दिवंगत भएका दुई फर्केर आउनेछैनन्। अबका केही दिन अति संवेदनशील छन्, भड्काउने, उक्साउने काम नगरौँ। विभिन्न मुद्दामा (शिक्षक, सहकारी) सरोकारवालाहरूले फेरी चरणबद्ध आन्दोलन घोषणा गरेका छन्। वहाँहरूलाई पनि १०-१५,००० त यत्तिकै आइहाल्छन् नि भनेर सम्बोधन गर्नुहुन्छ कि निकास दिनुहुन्छ?
अन्तमा ६३मा जनताको नासो जनतालाई नै सुम्पिए भन्नुभएको पूर्वराजा ज्ञानेन्द्र शाह, आज पनि यो जनताकै नासो हो। हो, आज भ्रष्टाचारीहरूको चुङ्गुलमा परेको छ तर ती भ्रष्टाचारीको चुङ्गुलबाट हामी निकालेरै छाड्छौँ। नेपाली जनतालाई धेरै कमजोर नठान्नुहोला, हामी ज्याद्रो छौँ। नेपाली जनता नै काफी छ।
Rs. 66.7 crores lost!!
- Number of employed individuals in Kathmandu = 10 lakh
- Average daily income per person = Rs. 667
- Total economic loss for one day without work = 10 lakh × 667
NO CALCULATIONS for social, mental, emotional impact! #मघोरनिन्दागर्छु#kathmandu
यसलाई अराजकता मात्र भन्नु अधूरो हुन्छ। यस्ता क्रियाकलापको औचित्य अनि यसले नागरिकहरूलाई पार्ने प्रभावको बारे विचार गरेका छौं? विकल्प रे!
#Kathmandu#TodaysSituation