अफिसमै सुत्ने, बागमतीमा नुहाउने, क्यान्टिनमा खाना खाने, सार्वजनिक शौचालयमा शौच गर्ने, ठेलामा खाजा खाने—यत्तिपनि गर्न नजान्ने भ्रष्ट र झोलेहरू सबैलाई पाखा लगा��दिए।
जय होश!
पुराना दलका उपद्रेहरू आज नयाँ दलका झिलिमिली नेता बनेका छन्। तिनलाई भोट नहाले पनि दुःखबाट उम्कने बाटो छैन, र हालेपछि त अकल्पनीय दुःखको ढोका आफैं ह्वाङ्ग खुल्ने पक्का छ।
जय होश!
अत्यधिक अपमान हुँदा आक्रोशको सम्भावना रहन्छ । त्यसैले चतुर्याइँपूर्वक कूटनीति��� पहल गर्दै संवादमार्फतै समाधान खोजिनुपर्छ । गाली–गलौज गलत शैली हो, जसमा हामी पोख्त भइसकेका छौँ ।
जय होश !
लक्ष्मी पुजाको दिनमा पनि विभिन्न बहानामा फुल कब्जामा लिनेहरूले कुनै पनि बहानामा आकाश नै उज्यालो हुने र घर नै थर्किने पटका पड्केको कतै देखेनन् सुनेनन् ...जय होश!