हिमालय टेलिभिजन
र अनलाइनखबरको ग्रुप सम्पादकको रुपमा नयाँ अध्याय सुरु गरेको छु ।
यसअघि बेग्लाबेग्लै र स्वायत्त संस्थाका रूपमा सञ्चालनमा रहेका हिमालय टेलिभिजन र अनलाइनखबरले अब योजना, सामग्री र प्रस्तुति साझा गर्ने रणनीति अनुसार ‘न्यूजरुम कन्भर्जेन्स’ (साझा सम्पादकीय) मोडल सुरु गरेका छन् । त्यसको नेतृत्व गर्ने अवसर र विश्वासका लागि व्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्दै यो जिम्मेवारी आफ्नो उच्चतम उर्जा र निष्ठाले पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
न्यूजरुम आफैँमा समाचार उत्पादन गर्ने कारखाना मात्रै होइन, खासमा सार्वजनिक सेवा र सुशासन परीक्षण गर्ने ‘पब्लिक सर्भिस ल्याब’ हो । पत्रकारिताको प्रभावकारिता नागरिक मुद्दाले मात्र होइन, प्रस्तुति र प्लेटफर्मले पनि निर्धारण गर्छ । विश्वव्यापी रूपमा पत्रकारिताका पाठक डिजिटल प्लेटफर्मतर्फ सर्दै गएको र डिजिटल माध्यममा अडियो–भिजुअल कन्टेन्ट अझ प्रभावशाली बन्दै गएको सन्दर्भमा अनलाइनखबर र हिमालय टेलिभिजनबीचको समन्वय हाम्रो लागि महत्वपूर्ण उपक्रम हो, र यसलाई हामी सबै सहकर्मी मिलेर सार्थक र सशक्त मञ्चमा परिणत गर्नेछौं ।
💕🙏💪❤️
***क्रियाशील खारेज होइन, अद्यावधिक!!!***
नेपाली कांग्रेसका क्रियाशील तथा शुभेच्छुक साथीहरु !
नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु - हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ ।
अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँगाउँमा जोड्नेछ, नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरुको नवीकरणले हामीलाई थप जिम्मेवार र मजबुत बनाउनेछ।
विगतमा देखिएका त्रुटी हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौं । विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ ।
त्यसैले, भोलिबाटै नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील साथीहरुलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरुलाई क्रियाशील सदस्यता लिन हार्दिक अनुरोध गर्दछु ।
जय नेपाल !