माफ गर है साथी, 'हाई-हेलो' भन्नै बिर्सिएछु,
आफ्नै दुनियाँमा मस्त हुँदा, समय गन्नै बिर्सिएछु।
प्रविधिले टाढालाई नजिक त ल्यायो, तर के गर्नु,
यो एक्लोपनमा रमाउँदा, साइनो बुन्नै बिर्सिएछु।
दलाल र बिचौलियाकै यहाँ सधैं हालीमुहाली भो
हाम्रो एउटा भोट त मात्र कुर्सी पुज्ने थाली भो
जबसम्म प्रत्यक्ष चुन्न पाउँदैन यो जनताले नेता,
तबसम्म भोट नहाल्ने मेरो पक्का अठोट भो ।
लस्करै हिँड्ने भीडभन्दा अलि फरक बाटो रोजेँ मैले,
सबैले एउटै लय समात्दा आफ्नै एउटा पाटो रोजेँ मैले।
त्यो भाइरल पेन्गुइन झैँ म पनि एक्लै हिमाल चढ्दै छु,
दुनियाँलाई 'गलत' लाग्ने, तर मनलाई 'साँचो' रोजेँ मैले।
#viralpenguin
न कुनै गन्तव्यको ठेगान छ, न हतारोको राप छ,
'गर्नै पर्छ' भन्ने यहाँ, न कुनै विवशताको चाप छ।
रीति र नीतिका साङ्लाले, बाँधिरहन्छ यो समाजले,
तर स्वतन्त्र भई बाँच्नु नै, जीवनको असली लाभ छ।
त्यहाँ एउटा यस्तो वर्ग पनि छ, जसले मौनतासँग संवाद गर्छ। उनीहरूका लागि एकान्त भनेको रित्तोपन होइन, बरु आफ्नै आत्मासँगको एउटा गहिरो र आत्मीय साक्षत्कार हो। भीडको कृत्रिम मुस्कान भन्दा उनीहरूलाई आफ्नै एकान्तको शून्यता बढी प्रिय लाग्छ।
कसैलाई भीडको कोलाहलमा रमाउन मन पर्छ,
कसैलाई शान्त एकान्तले नै जीवन भर्छ।
हरेक मान्छे उस्तै हुनुपर्छ भन्ने के छ र ?
यहाँ कसैको संसार आफ्नै एक्लोपनमा अडिन्छ।
थेगान छैन हतार छैन
र गर्नै पर्छ भन्ने पनि छैन
समाजमा चलिआएको निति नियमले गर्दा
मानिसहरू बन्धनमा बाँधिन्छ,
तर स्वतन्त्र भएर बाँच्नु जस्तो
आनन्द कुनैमा पनि छैन।
#विवाह#जीवन