सरकारको ‘सय कार्यसुचि’ कता पुग्यो ? फलानो काम फलानो दिनमा भनि; डेडलाईन’नै तोकेर सार्वजनिक गरिएको थियो । के नेपालको कर्मचारि संयन्त्र तोकिएकै समयमा कार्य सम्पादन गर्न सक्ने गरि अभ्यस्त भैसकेको हो र ?
भ्रष्टाचारको अन्त्य र सुशासनको वाचा गरेर सत्तामा पुगेको रास्वापाले गृहमन्त्रि सुदन गुरूङमाथि उठेका गम्भीर प्रश्नमा जुन गतिमा कदम चाल्यो, त्यसले जबाफदेहिताको नयाँ परिपाटीको आभास त दियो तर अहिले जसरी प्रतिवेदन नै सार्वजनिक नगरी, प्रधानमन्त्री बालेन शाहले गुरूङलाई पुनः गृहमन्त्री नियुक्त गरेका छन, त्यसले भने जबाफदेहिताको उपहास गरेको छ।
सुशासन खासमा रास्वपाको भोट वैंक मात्र हो कि नि;शर्त प्रतिवद्वता ?
‘तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्।’
यो सरकारी भाषा धम्कीपूर्ण छ। प्रतिपक्षको कर्तव्य प्रश्न गर्ने हो। जवाफमा कुन फाइल खोल्ने, कुन नखोल्ने भनेर बार्गेनिंग गर्ने होइन!
किर्तिपुरको डाडामा बसेर महिनाको चारलाख कमाउन सकिने वातावरण सिर्जना गर्ने गगन थापा र हरेक दिन लट्रि टिकटबाट जनतालाई लखपति बनाउने स्वर्णिम वाग्ले, एउटै देशका दुई मुर्ख विद्वानहरु हुन भन्न मिल्छ ? ;)
वालेन सरकारले जुन गतिमा सुकुमवासि बस्ति हटायो त्यहि गतिमा उनिहरुको व्यावस्थापन गर्न सकेन । बस्ति उठाउन देखाएको तिव्रता व्यावस्थापनलाई देउ ।होल्डिङ सेन्टरमा सुकुमवासि हरुलाई सकस भन्ने समाचार दैननदिन आएको सरकारले देख्छ कि देख्दैन !