सदनमा माननीय खगेन्द्र सुनारलाई आइजीपीका विरुद्ध किन बोल्न लगाइयो ? रहस्य यति छिटै खुल्दैछ। बिना पक्राउ पुर्जी रातिराति देशको सम्मानित स्थानमा बसिसकेका वरिष्ठ नागरिकहरूलाई गिरफ्तार गर्नु न्यायको उपहास मात्रै होइन नेपालमा सर्व-सत्तावादको अभ्यास भएको हो।
छिमेकी देश भारतमा (BRICKS Business Forum) भव्य जमघट भइरहेको छ। तर हाम्रो देशलाई जानकारी समेत छैन। यो भन्दा ठूलो कुटनैतिक लज्जा हाम्रो देशको लागि अरु के होला र ? सत्ताको कुर्सीमा एउटा विवेकहीन मान्छे विराजमान भएको प्रमाण खोज्न यती एउटा घटना काफी छ। न देश न परदेश कसैको मतलब छैन।
समय बदलिएको यो एउटा मानक हुनसक्छ। सरकारी फौजको सुरक्षामा, सरकारी सवारी साधन प्रयोग गरेर सरकारी बजेट खर्च गरेर बहालवाला भिभीआईपीले गर्ने तिर्थाटनलाई नीजि भ्रमण भनिन्छ।
राति राति प्रधानमन्त्री एक्लो भएको खबर आयो। एक्लै परेर पनि लडिरहेको खबर सुन्दा अचम्म लाग्यो। के कारणले एक्लै र के का निम्ति लडेको ? त्यो पनि स्पष्ट रुपमा भनेको भए साथ दिनेको कमी रहँदैन थियो होला। #परिवर्तनको_आवाज
शिक्षा र स्वास्थ्यमा करको अपार सफलता पश्चात सरकारले अर्को चमत्कारीक कर्निम् नीति अथवा चिट्ठा नीति ल्याएको छ। त्यस अर्थशास्त्रलाई गोल्डेन इकोनोमिक्स अर्थात् यताबाट उता उताबाट यता अनि उता र यताबाट प्याराडाइम सिफ्ट हुने भनिन्छ।
नयाँको न्याय! त्रिपुरेश्वर सडकमा बाइक पार्किङ गरेको (सरकारी भाषा) जरिवाना रु दश हजार। संचार गृहको गेटमा पार्किङ गरेको रु पाँच सय। अनि बालुवाटार र सिंहदरबार अगाडि पार्किङ शुल्क कति रहेछ ? बुझिन मैले, बुझाइदेउ कसैले।
सञ्चार गृहका गेटमा गाडी हैन, भित्रै सैनिक जत्था पठाइदेउ। पत्रकारको कञ्चटमा पेस्तोल राखेर भन "यो बोल र यो नलेख"। जसरी सुकुम्बासी बस्तीमा डोजर लिएर सेना पठायौ, त्यसरी नै पठाउ सञ्चार गृहमा। बन्द गरिदिए पनि हुन्छ, तिम्रो इच्छा विपरीत समाचार लेख्ने र बोल्ने सबै सबैलाई।
यो सरकार आलोचना र सुझावको लागि कुनैपनि दृष्टिले योग्य रहेन। घृणा र भ्रत्सना पनि अपुरो हुनेछ। निन्दा र गाली फिक्का हुन्छ। लटरम्म फलेको बारीमा मैमत्त कुदिरहेको बाईपंखी घोडा हो यो। केवल यसको दौड एक्सप्रेस हाइवेमा कुदिरहेको गाडी सँग जोडेर हेर्नु नै हितकर हुन्छ। #परिवर्तनको_आवाज
आत्मदाह प्रकरणमा३जना नगर प्रहरी निलम्बित भएछन्।निलम्बन प्रधानमन्त्री बालेनलाई गर्नुपर्छ।नगर प्रहरीको उदण्डताको जनक उनै हुन्।काठमाडौंको मेयर हुँदा नागरिकमाथि गरिएका बर्बर दमन उनैको निर्देशनमा भएका थिए।आज देशको कार्यकारी हुँदा नागरिकमाथि थोपर्ने अत्यधिक कर उनैले जारी गरेका हुन्।
मुत्यु नौजवान युवा गणेश नेपालीको भएको हो। त्यो भन्दा बढी मानवता र सरकारको देहावसान भएको हो। यो देशको शासन सत्ताको कुर्सीमा केवल एउटा बुख्याँचा बाँकी रह्यो। मेरो भन्नु केही रहेन। भावपूर्ण श्रद्धाञ्जली गणेश नेपाली।#परिवर्तनको_आवाज
सरकारको १०० दिनले एउटा कुरा त छर्लङ्गै पार्यो– "जुन जोगी आए पनि कानै चिरिएको।" 🤷♂️
त्यसैले त म भन्छु– "केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानास !" देश चलाउनु र गुलेली खेल्नु एउटै ठानेपछि परिणाम यस्तै त हो नि ! 🤦♂️🔄 #परिवर्तनको_आवाज