खुसी सबै भुलेर अचेल, अल्झिएको छु तिमीमा,
संसारकै सबभन्दा सुन्दर, उप��ार पाएँ तिमीमा।
हजारौँ सपना थिए यो मनमा, तर आजभोलि,
मेरो हरेक सपनाको, संसार भेटेँ तिमीमा।
तिम्रो मुस्कानले बदलिदिन्छ, मेरो उज्यालो दिन,
जिन्दगी जिउने एउटा छुट्टै, आधार भेटेँ तिमीमा !
हजारौँ पीडा लुकाएर पनि खुसी रहनु,
आँसुका ढिकाहरू सुकाएर पनि खुसी रहनु।
जिन्दगी त एउटा संघर्षको मैदान त हो नि,
विगतका पानाहरू बुझाएर पनि खुसी रहनु।
चोट दिनेहरू त यहाँ कति भेटिन्छन् कति,
उनीहरूलाई मायाले फकाएर पनि खुसी रहनु।
मलाई आफ्नै मुटु भन्दा प्यारो लाग्छ हेमु,
संसारकै सबैभन्दा धेरै नियारो लाग्छ हेमु।
हजारौं तार��� चम्किन्छन् रातमा यहाँ तर,
तिमी नहुँदा यो आकाश अन्ध्यारो लाग्छ हेमु।
तिमी हाँस्दा फुल्छन् यहाँ सयपत्री र गुलाफ,
तिमी रोयौ भने यो मन साह्रो लाग्छ हेमु।
न त भुल्न सकेँ तिमीलाई, न त पाउन नै सकेँ,
सधैँ जलिरह्यो यो मन, न त निभाउन नै सकेँ।|
हाम्रो कथा त केवल एउटा अधुरो सपना बन्यो,
न त बिउँझिन नै सकेँ, न त निदाउन नै सकेँ।|
तिमी मुस्कान हौ, म अँध्यारो साँझको बाटो,
तिमी बिना यो मनमा उज्यालो कहिल्यै नआओस्।
तिमी शब्द हौ, म अधुरो कविताको पाना,
तिमी टाढा हुँदा सासले पनि साथ नदिओस्।
तिमी वर्षा हौ, म तिर्खिएको मरुभूमि जस्तो,
एक थोपा सम्झनाले मुटुभरि बाढी ल्यओस्।
नबोली न��� सबै कुरा बुझाउन पाए हुन्थ्यो
यो मनको व्यथा कतै लुकाउन पाए हुन्थ्यो ।
हजारौँ सपनाहरू सजिएका थिए आँखामा
ती सपनालाई विपनामा सजाउन पाए हुन्थ्यो ।
दुखेको छ मुटु यहाँ चोटैचोटको भारीले
थोरै भए नि यो घाउ निको बनाउन पाए हुन्थ्यो ||
पानीको फोका रहेछ फुट्यो सकियो
बाटोको यात्री बाटोमै छुट्यो सकियो
फूल्ने रहर भएरै कोपिला लागेको हो
असिनाले फूल लाग्दै कुट्यो सकियो
मेरो खुसि चोकमा राखेको सामान हो
ज-जसले देख्यो उस्ले लुट्यो सकियो
सपनाहरु हातमा राखेको ऐना रहेछन्
हात बाट भुँइमा खस्यो टुट्यो सकियो
तिम्रो कल्पना मा हराइ रहेको छु साथी
मनमनै भक्कानी दै कराइ रहेको छु साथी
मुख मा हासो जिउ मा फुर्ती जति देखिये पनि
मुटु भित्र बलेको आगो देख्दै डराइ रहेको छु साथी ❤️
तिम्रो स्पर्सका लागि छटपटाइ रहेका यी हाथ हरु
तिम्रो ���पस्थिती हेर्न तर्सिरहेका यी आँखा हरु
एकोहोरियेको मन अनि बोलाउन तयार यी ओठ्हरु
कुरि रहे छन तिम्रो आगमन को लागि
सजाउन याद हरु का यी अठोट हरु ।।
चूलीमा पुगेपछि
धेरै कुरा सुन्दर देखिन्छ।
मा~थि छर्लङ्ग उघ्रिएको आकाश
त~ल गाउँको चहलपहल
धूवाँ उडिरहेका घरहरु
मन लाग्दैन कविता लेख्न?
किसानको कठोर परिश्रम
पूरा आङ् लुगा नपाएकी षोडशी
खाली खुट्टै खेलिरहेको सुन्दर बच्चो..
चूलीमा पुगेपछि-
दु:ख पनि रोमाञ्च बनेर
सुर मिलाउन आउँछन्।
☺️