नेपाली कांग्रेसका बयोबृद्ध, जान्ने ठान्ने, मुख्य जिम्मेवारी लिएका नेताहरुको अचेलको अभिव्यक्ति देखेर अचम्म लाग्छ। "एकताको महाधिवेशन, एकताको कार्यसमिति", कम्युनिष्टसंग गठबन्धन गर्दागर्दै शब्द पनि कम्युनिष्टकै सिक्नुभएछ। कांग्रेस कहिले फुटेको थियो र एकताको कार्यसमिति चाहिएको हो? उहाँहरुले पार्टीबाट निकालेका महामन्त्रीद्वयले आँट गरेर सकिइसकेको पार्टी बनाउँदै हुनुहुन्छ, अँझ लाज पचाएर एकता कार्यसमितिका कुरा !
सुन्दै थिएँ विश्वजी र गगनजीलाई पार्टीबाट निकाल्दाका दिन को को त रुनुपनि भको थियो रे !
गोहीको आँसु यस्तैलाई त भन्दाहुन् !😝
हाम्रो पत्रकारिता पनि अचम्मको छ, जीवनभर बिकाउ कन्टेन्ट मात्र खोज्ने बानीमा टिकाउ कन्टेन्टलाई समाचार नै मान्न छोड्यो ! उदाहरणका लागि;
कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकको विवाद, गगन-विश्वसंग मिलेन इतरटिमको संवाद यो समाचार एक पटक आयो, दुईपटक आयो, तीनपटक आयो, वर्षभरि कांग्रेसको समाचार यत्ति हो?
कांग्रेसले यतिबेला हरेक हप्ता बिषयगत बहस गरिरहेको छ ग्रीनटेबुल संवाद मार्फत्,
मासिक आर्थिक बहस गरिरहेको छ सुवर्णशमशेर इकोनोमिक सिरिज मार्फत्,
हप्तैपिच्छे बिषयगत राउन्ड टेबुल कन्सल्टेशन, खबरदारी र सामाजिक अभियान सञ्चालन गरिरहेको छ नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका बिषयगत उपसमितिहरु मार्फत्,
बिषयगत सवालहरुमा ल मेकर सांसदहरुसंग आवश्यकता अनुसार दैनिक, साप्ताहिक र मासिक प्रशिक्षण तथा परामर्श कार्यशालाहरु भइरहेका छन्, सातै प्रदेश स्तरीय परामर्श कार्यशालाहरु भएका छन्,
यस बाहेक भातृ तथा शुभेच्छुक संगठनहरुका दिनहुँजसो कुनै न कुनै सामाजिक बहसहरु चलिरहेका छन्।
मिडियाले त बरु ती कार्यक्रमले दिन सकेको प्रभाव वा कार्यक्रमका लागि कार्यक्रम गरेर समय बिताएको पो छ कि यस्तो रिपोर्टिङ पनि त होला नि !
राजनीतिक दल भनेको बिचारको संगठन हो, बिचारमा मतमतान्तर हुन्छ, स्वभाविक हो, त्यो त कुनै समाचारको नौलो एंगल नै भएन नि !
ग्रो अप नेपाली मिडिया यार!
गगन–विश्वलाई छिर्के हानेर लेख लेख्दैमा, काखी बजाउँदैमा र आनका तान तर्क गर्दैमा यो तीन दशकभन्दा बढि समयदेखि सत्तालिप्सा, सिण्डिकेट र कुशासनले थलिएको काँग्रेस सुध्रदैन। न त ८ सेप्टेम्बरको विद्रोहले न्याय पाउँछ। अब कांग्रेससँग एउटै विकल्प छ– सिंगो पार्टी ‘रिफर्म’ गर्ने, नयाँ पुस्तालाई आशावादी रुपमा आकर्षित गर्ने। अपमान गर्दै नगर्ने। भ्रष्टचारी र तिनका प्रतिनिधिलाई छिमल्ने। स्निघ्ध पार्टी बनाउने अनि नेतृत्वको सल्लाहकार र सचिवालय मण्डली रिभ्यू गर्ने। आगे जो मर्जी। 🙏
धागो
गगनजीका बारे
यो चुनावले निर्मम परीक्षा लिएका पात्रहरुमध्ये @thapagk पनि एक हुन्। सुरुमा उनैले जेनजी विद्रोहपछि नवयुवाको मर्म आत्मसात् गर्दै पुराना दललाई त्राण दिए। पार्टी रुपान्तरण गर्ने हर प्रयत्न गरे, तर अग्रजको 'ब्यागेज'को बोझ यति गह्रुँगो थियो कि, +
मर्ने नागरिक, नागरिकका छोराछोरी।
धनजनको क्षति पनि नागरिककै !
लोकतन्त्रको पहिलो सर्त नागरिक पारदर्शिता हो।त्यसपछि कार्यान्वन।
नागरिकको विवेकलाई कम नआकौँ, रिपोर्ट सार्वजनिक गरौँ !
जब सरकारले प्रतिवेदन गोप्य राखेर कारबाही प्रक्रिया अघि बढाउँछ, जनतामा "बदलाको राजनीति" भइरहेको शंका उब्जन्छ। प्रतिवेदन सार्वजनिक हुनु नै निष्पक्षताको पहिलो कडी हो।
लोकतान्त्रिक सरकारले कुनै पनि छानबिन आयोगको निष्कर्षलाई लुकाउनु हुँदैन। पारदर्शिताले नै सुशासनलाई बलियो बनाउँछ!!!
गौरीबहादुर जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरी कारबाही अगाडि बढाइयो भने आफ्ना मान्छेहरूलाई चाहिँ जोगाउन खोजेको जस्तो भान हुन्छ। बरु सबै कुरा सार्वजनिक गरिदिए दूधको दूध,पानीको पानी हुन्थ्यो।
पुरानाले जस्तै प्रतिवेदन लुकाउने काम नगरियोस,जनता समक्ष पूर्णरूपमा सार्वजनिक गरियोस!!!